- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दमौली । नेत्रविक्रम चन्द विप्लव समूहका दुई जना कार्यकर्तालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका वडा नं १ नाला बस्ने ६६ वर्षीय शिवशङ्कर अधिकारी र व्यास नगरपालिका वडा नं ७ सत्रसय बस्ने ४१ वर्षीय विवेक भन्ने टेकबहादुर विक रहेका छन् ।
उनीहरुलाई भानु नगरपालिका वडा नं २ आमबोटेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
पक्राउपर्नेमध्ये अधिकारी चन्द समूहको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य एवं जनसरकार प्रमुख र विक जिल्ला सदस्य हुन् ।
पक्राउ परेका विरुद्ध तनहुँ जिल्ला अदालतबाट राजद्रोह मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।