arrow

पार्टीमा सबैलाई अवसर र सम्मान दिएमा कांग्रेस बलियो हुन्छ – चन्द्र भण्डारी

logo
मणि प्रसाद गैेह्रे,
प्रकाशित २०७६ वैशाख २६ बिहिबार

कपिलवस्तु । नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले पार्टीमा सवैलाई अवसर र सम्मान दिएमा पार्टी बलियो हुने बताएका छन् । उनले बिगतमा भएका कमीकजोरीलाई आत्मसात गरी सोचमा परिवर्तन गरी पार्टीलाई सशक्तरुपमा अघि बढनु पर्ने बताए । 

कांग्रेस कपिलवस्तुले राष्ट्रिय जागरण अभियान अन्तर्गत बुद्धभूमि नगरपालिकाको गोरुसिंगेमा राखेको कार्यक्रममा संबोधन गर्दै केन्द्रिय सदस्य भण्डारीले सबै उपलब्धीहरुका कुरा कांग्रसले गरे पनि चुनाव हारको कारण भने समिक्षा गर्नु पर्ने बताए । 

उनले अब कांग्रेस भित्र सबैलाई समान अवसर दिनु पर्नेमा जोड दिए । सो अवसरमा नेता भण्डारीले प्रधानमन्त्रीले एक बर्षअघि दिएको करेन्टरुपी नारा अहिले भने फ्युज भएको बताए । घरमा ग्यासको पाईप लाईन, चीनबाट तेल ल्याउने नारा अहिले पनि झुठ साबित भएको बताए ।

‘भारतले लागएको नाकाबन्दीपछि ओलीज्युले राष्ट्रिताको नारा लगाउँदै हिँडनु भाको थियो अहिले त्यो फ्युज भयो’, उनले भने, ‘ओली नेतृत्वको सरकार ईतिहासमै सबैभन्दा भ्रष्ट्र हुने तर्फ उन्मुख भएको छ ।’

नेता भण्डारीले संघीयदेखि स्थानीय सरकार अहिले भ्रष्टाचारमा डुबेका बताए । सो अवसरमा नेता भण्डारीले हालै पेश गरिएको सरकारको नीति तथा कार्यक्रम नेपालको भुगोललाई नुहाउँदो भएको बताए ।

 ‘नीत तथा कार्यक्रममा हुनै नसक्ने कुराहरु राखिएका छन् जनतालाइृ झुठो सपना बाँडिएका छन् ।’ 

कांग्रेसको यस पटकको कार्यक्रम भने बिगत भन्दा फरक थियो । तीन जना जिल्ला स्तरीय नेतालाई मात्र बोल्ने अवसर दिईएको थियो । त्यसमा पनि एक जना महिलालाई अवसर दिईएको थियो । 

अधिकांश समय केन्द्रिय नेतालाई नै बोल्ने समय दिईएको थियो । पार्टी सभापति सुरेन्द्रराज आचार्यको अध्यक्षता, सचिव प्रेम बहादु रायमाझीको संचालनमा भएको कार्यक्रममा क्षेत्रीय सभापति हरिराज घिमिरे, क्षेत्र नं १ का सभापति  केशव कुमार श्रेष्ठ, महिला संघकी केन्द्रिय सदस्य ईन्दिरा भट्टराईले पार्टीमा गुट उप गुट अन्त्य हुने पर्नेमा जोड दिए । 

 एक महिनासम्म गाउं नगर सम्म गएर संगठन वलियो बनाउने र जनताका समस्या बझ्न जागरण अभियान थालिएको पार्टीले जनाएको छ । सो अवसरमा सबै भ्रातृ संस्थाहरुलाई परिचालन गरिएको छ ।



नयाँ