- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेपाल रिङ्ग रेस्लिङ्ग संघले बैसाख २८ गते एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप रेसलिङ प्रतियोगिता आयोजना गर्ने भएको छ। शुक्रवार एक पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता बारे जानकारी दिएको हो। नेपाल र चीनबीचको मित्रतालाई उत्सवको रुपमा मनाउनका लागि प्रतियोगिताको आयोजना गर्ने जनाएको छ। 'वान वेल्ट वान रोड चीनद्वारा प्रायोजित एक योजना हो। जसमा पुरानो सिल्क रोडको आधारमा एसिया, अफ्रिका र युरोपका देशका सडक र रेलमार्गसँग जोडिने छन्। यो योजनाले समकालीन अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा योगदान दिने देखिएकोले नै हामीले यो अभियानकै नाममा प्रतियोगिता आयोजना गर्न लागेका हौ।' कम्पनीले जारी विज्ञप्तीमा उल्लेख रहेको छ।
त्रिपुरेश्वर स्थित कभर्डहलमा दिनको ३ बजेबाट सुरुहुने उक्त प्रतियोगितामा ८ देशका टप रेस्लरहरुको सहभागिता रहने छ। उक्त प्रतियोगितामा नेपाल रेस्लरहरु नुवाकोट टाइगर, ठाकुर, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलशाले प्रतिस्पर्धा गर्नेछन । यस्तैगरि अमेरिकाका एस सिल्भा, जेडा, जोम्बइ ड्रागन र अंकल मनी तथा युकेका विग साम रहेका छन्। यस्तै चीनका बेम्बो क्रुसर, दा बाइ, ब्लाक माम्बा साथै हङ्कङ्गका के सी, चियरम्यान एएल, मिचेल सु न्युजिल्याण्डका टोमी कम्ब्याट रहेका छन्।
राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एकेडब्लु चिनको समन्वयनमा हुन लागेको उक्त प्रतियोगिता दुईवटा वेल्ट विजेता घोषणा गरिने छ। जसमा वेल्ट एण्ड रोड च्याम्पियन र वल्ड च्याम्पियनसिपको वेल्ट प्रदान गरिने जनाइएको छ। एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोपन एण्ड कर्नर किसिमका प्रतिस्पर्धा गराइने उक्त खेलको प्रत्यक्ष प्रसारण मिडिया पाटनर डिस मिडिया नेटवर्क लिमिटेडको च्यानल एक्सन स्पोर्टसबाट हुनेछ।