arrow

योजना तर्जुमाका लागि सुझाव संकलन

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार
sujhab_ph.jpg

बझाङ । योजना तर्जुमाको पुर्व सन्ध्यामा यहाँको जयपृथ्बी नगरपालिकाले सुझाव संकलन गरेको छ । सुक्रबार नगरपालिका भित्रका राजनीतिकर्मी , बुद्धिजिबी , शिक्षक, महिला दलित प्रतिनिधीहरुलाई आगामी योजना बनाउनका लागी सुझाव माग  गरेको हो ।

नगरपालिकाले सदरमुकाम चैनपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गरि नगरपालिकामा आगामी आर्थिक बर्षमा समाबेस गरिने योजनाहरु र रणनितीहरु बारेमा सुझाव माग गरेको हो । नगरपालिकाको बिकासका लागी बिभिन्न बिषयगत  क्षेत्रहरुमा  भिन्ना भिन्न सुझाव संकलन तथा रायहरु संकलन गरेपछि नगरपालिकाको योजना तर्जुमा गर्दा सघाउ पुग्ने अपेक्षा समेत गरिएको छ ।

जयपृथ्बी नगरपालिका प्रमुख बिरेन्द्र खड्काले भने जयपृथ्बी नगरलाई सुन्दर नगर बनाउन बिभिन्न क्षेत्रका बिज्ञहरु तथा सरोकारबालाहरु संग समेत परामर्ष गरि आगामी योजना तर्जुमा प्रकृयामा यी आएका महत्वपूर्ण सुझावहरुका आधारमा तय गरिने छ । उनले भने बिभिन्न क्षेत्रबाट बिभिन्न किसमका सुझावहरु आउन्छन् त्यसैका आधारमा योजना तर्जुमा गर्न , नगरपालिकाको बिकासका लागी भाबि रणनितीक योजना बनाउन यसले ठूलो सघाउ पुर्याउने छ ।

यसरी नगरपालिकाले पहिलो पटक योजना तर्जुमा गर्नु भन्दा पहिले यसरी सरोकारबालहरु तथा स्थानीय बिज्ञहरु संग परामर्ष तथा सुझाव संकलन कार्यको प्रसंसा समेत गरेका छन् । जयपृथ्बी नगरपालिका –१ स्थानीय तथा नेकपाका स्थानीय नेता  सुरत बहादुर सिंहले भने ढिलै भएपनि नगरपालिकाले गरेको यो कार्य प्रसंसनिय छ , अव हामीहरुले दिएका महत्वपूर्ण सुझावहरुलाई योजना तर्जुमा प्रकृयामा समाबेस गरेको खण्डमा नगरको बिकासका लागी महत्वपूर्ण योगदान हुन सक्छ ।

उनले नगरपालिकाका हरेक बिषयगत क्षेत्रहरु संग दफावार रुपमा सुझाव दिदै सरकारले लिएको निती समेत बल पुग्ने गरि योजना तर्जुमा गर्नु पर्ने धारणा राखे । उनले नगर बिकासका लागी कृषी, पर्यटन , शिक्षा , सड्क लगायत मानब चेतना बिकासको क्षेत्रमा बढी योजना प्राथमिकता दिनु पर्नेमा जोड दिए । त्यस्तै नेपाली काग्रेसका नगर सभापती हिरेन्द्र छत्यालले नगरपालिकाले योजना तर्जुमा गर्दा यहाँको सडक यातायात खानेपानी जस्ता जनताका जल्दाबल्दा समस्याहरुलाई बढी ध्यान दिनुपर्ने बताए । उनले भने जनताका अति आबस्यक कुराकालाई मध्ये नजर गर्नु पर्ने बताउदै यो मेरो कार्यकर्ता तथा अरुको कार्यकर्ता भनि बिभेद नगर्न समेत सुझाव दिए ।

 नगरपालिकाले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा बोल्ने अधिकाशं बक्ताहरुले मानबको चेतनाको बिकासका लागी बढी रकम बिनियोजन गर्न सुझाव दिएका छन् । जयपृथ्बी नगरपालिकाका स्थानीय बासी स्याम नेपालीले भने मानब चेतनाको बिकासका लागी बिभिन्न क्षेत्रका योजना समाबेस गर्नुपर्ने धारणा राखे । उनले बर्षौ देखि पिछडिएको दलित बर्गालाई बिकासको मूलधारमा ल्याउन बिभिन्न कदलित लक्षित कार्यक्रमहरु ल्याउनु पर्नेमा समेत जोड दिए ।

सुझाव संकलन कार्यक्रममा जयपृथ्बी नगरपालिका भित्रका विद्यालयका प्रअहरु , राजनीतिकर्मी , जनप्रतिनिधी ,पत्रकार, महिला तथा दलितहरुको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ