arrow

चार कक्षामा पढ्ने नौ वर्षका दुई बालकको मृत्यु    

logo
प्रकाशित २०७६ वैशाख २८ शनिबार
drowning.jpg

भजनी । कैलालीको लम्किचुहा नगरपालिका–७ चाकाबाँडीमा रहेको रोरा नदीमा डुबेर दुई बालकको ज्यान गएको छ ।     
     
लम्कीचुहा–७ निवासी मनोज चौधरीका छोरा जिटी फारवेस्ट एकेडेमी हरैयापुरमा कक्षा ४ मा अध्यनरत नौ वर्षीयसुदीप र पर्शु चौधरीका छोरा सोही विद्यालयमा कक्षा ४ मा अध्यनरत नौ वर्षीय समरको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।     
     
शनिबार बिहान करीब १० बजेतिर पौडी खेल्ने क्रममा डुबेका उनीहरुको करीब ३ः३० बजेतिर शव भेटिएको थियो । 

शव टीकापुर अस्पतालमा परीक्षणका लागि पठाइएको वडाध्यक्ष हरिराम चौधरीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ