arrow

राष्ट्रपति र मुख्यमन्त्रीको गृहजिल्लामा यसरी तारिन्छ ट्याक्सी

logo
प्रकाशित २०७६ वैशाख २९ आइतबार
YubrajBista_rss_Bhojpur_pulnadudasati_(1).jpg

भोजपुर । भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा पुल नहुँदा डुंगामा राखेर ट्याक्सी तारिँदै । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला भोजपुर जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्की पुल नहुँदा डुंगाको सहारामा सवारीसाधन तारिने गरिएको छ ।

  सवारीसाधन मात्र होइन भोजपरका स्थानीय यसरी नै जोखिमपूर्ण यात्रा गर्ने गरेका छन् । ट्याक्सी तारेका प्रदीप तामाङले तीन हजार तिर्नुपरेको बताए ।

अरुण नदीमा पक्की पुल नहुँदा स्थानीयले दैनिक उपभोग्य सामग्रीसमेत महँगो शुल्क तिर्नुपरेको स्थानीयको भनाइ छ । भोजपुर र संखुवासभा जोड्ने अरुण नदीमा नौ वर्षअघि निर्माण थालिएको पुल अहिले अलपत्र अवस्थामा छाडिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ