ट्र्याक्टरको चक्का फुस्केर दुर्घटना, चालकको मृत्यु

प्रकाशित मिति : २०७६ बैशाख ३१ मंगलबार

लम्की । कैलालीको टीकापुरमा ट्र्याक्टर दुर्घटना हुँदा चालक धनबहादुर चौधरीको मृत्यु भएको छ । मंगलबार बिहान ८ बजे टीकापुरबाट इँटा बोकेर नारायणपुर जाँदै गरेको से१त १११६ नंको ट्र्याक्टरको चक्का फुत्किँदा जानकी गाउँपालिका–५ घर भएका ४० वर्षीया चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।     
     
लम्की पुल क्षेत्र बढी दुर्घटना हुने क्षेत्र हो । यो क्षेत्रमा दुर्घटना हुनसक्ने जोखिमबाट बच्न प्रहरीले सूचना बोर्डसमेत राखेको छ । चालू वर्षमा टीकापुर सो क्षेत्रमा सडक दुर्घटनामा परी तीनको मृत्यु भएकोे छ भने दुईको अङ्गभङ्ग भएको प्रहरीले जनाएको छ ।     

नयाँ