arrow

मजदूरमाथी आक्रमण गर्ने वलि बिरुद्ध मुद्धा दर्ता

logo
प्रकाशित २०७६ वैशाख ३१ मंगलबार
hhhh_-_Copy.JPG

दाङ । मजदूर माथी सांघातिक हमला गरेको भन्दै बसन्त वलिबिरुद्ध मुद्धा दर्ता गरिएको छ । वलिलाई सार्वजनिक नैतिकता माथिको कसुरमा मुद्धा दर्ता गरिएको हो । वलिमाथि बिजौरी आसपासको क्षेत्रमा गुण्डागर्दि गरेको समेत आरोप छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १८  निबासी बसन्त वलि , वडा नं ४ बस्ने रमेश के.सी, वडा नं १९ का श्रीधर डाँगी, १९ कै सञ्जय नेपाली र एक जना नाम नखुलेको व्यक्ति सहित पाँच जनालाई ईलाका प्रहरी कार्यालय तुलसिपुरमा मुद्धा दर्ता गरीएको ईलाका प्रहरी कार्यालय तुलसिपुरका डिएसपि प्रेम शाहीले जानकारी दिए ।

आरोपित बसन्त वलिलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको र बाँकि फरार रहेका वडा नं ४ बस्ने रमेश पुन, वडा नं १९ का श्रीधर बुढाथोकी, १९ कै सञ्जय नेपाली र एक जना नाम नखुलेको व्यक्ति लाई तिब्र रुपमा खोजीकार्य जारी राखिएको प्रहरी श्रोतले जनाएको छ  ।

गुहार खोलाको तटबन्धमा जाली लगाउने काममा संलग्न भई साँझ ६ बजेतिर घर फर्कने क्रममा बसन्त वलिको नेतृत्वमा आएको  युवाहरुको समुहले माधव डाँगी , सुरेश विश्वकर्मालाई बियरको बोत्तलले सांघातिक हमला गरेको आरोप लागेको छ ।

खोलामा सांघातिक हमला भएपछि भागेर सागर हाइवेय कटेजमा ज्यान बचाउन पुगेका मजदूरहरु माथी बसन्त वलि र उनको समुहले खुकुरी , बियरका बोत्तल, ढुङ्गा ले अन्धाधुन्ध प्रहार गरेको मजदूर माधव डाँगीले जानकारी दिए ।  

राजनैतिक संरक्षणको आडमा बिजौरी क्षेत्रमा बसन्त वलि दादा भत्ता उठाउँदै आएको बताइएको छ । उनले केहि हप्ता अघि बिजौरीकै श्रेष्ठ थरका व्यापारी संग दादा हप्ता भन्दै १२ सय रुपैयाँ असुलेको रहस्य खुलेको छ ।

लुटपाट तथा नदिजन्य पदार्थको तस्करी तथा अबैध उत्खनन्मा संलग्न रहेका वलि र उनको समुहले केही महिना अघि ग्वारखोला स्थित गर्पा टोलका स्थानीय बासीहरुको घरमा तोडफोड तथा स्थानीय माथी खुकुरी प्रहार  गरेका थिए । उनको खुकुरी प्रहार बाट पिमलाल कामी सख्त घाईते समेत भएका थिए ।

उक्त घटनामा गम्भिर घाईते भएका पिमलाल कामीले ज्यान मार्नै उद्योग अन्तर्गत मुद्धा दर्ता गर्न खोज्दा प्रहरीले नै कामीको छोराको जागीर जान सक्ने अवस्था आउन सक्छ भन्दै सामान्य कुटपिट तथा सार्वजनिक नैतिकता बिरुद्धको कसुरमा जबर्जस्ति मुद्धा परिणत गरिएको थियो ।

राजनैतिक आडमा कानुनबाट सिजलै बच्दै आएका वलिले केही बर्ष अघि घोराहीका म्यानपावर कम्पनिका संचालकलाई अपहरण समेत गरी रकम असुललेको आरोप छ । नेकपा निकट नेताहरुसंग राम्रो सम्बन्ध रहेको छ । राजनैतिक संरक्षणकौ आडमा फिरौति माग्ने, दादा भत्ता उठाउने, अबैध उत्खनन् गर्नै गरेको आरोप लागेका वलि ले बिजौरी क्षेत्रमा टोले ग्याँङ्ग समेत खडा गरेका छन् ।  

 कसुर सावित भए एक बर्ष कैद सजाए वा दश हजार रुपैयाँ जरीवाना वा दुवै सजाय हुने कानुनमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ