arrow

आफ्नै घरमा पालेको गोरुले हानेर ज्यान गयो श्रेष्ठको 

logo
प्रकाशित २०७६ जेठ १ बुधबार
Mechinagar_Nagarpalika1.png

भद्रपुर । आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको मृत्यु भएको छ ।     
     
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मङ्गलबार साँझ ६ बजे उक्त घटना भएको थियो । 

चरनमा पगाहा लगाइएको बीउ गोरुलाई घरतर्फ ल्याउँदै गर्दा हडियाखोलाको किनारमा श्रेष्ठलाई गोरुले आक्रमण गरेको थियो । एकान्त स्थानमा गोरुले आक्रमण गरेका कारण तत्काल कसैले थाहा नपाउँदा घटनास्थलमै श्रेष्ठको मृत्यु भएको थियो । 
    
अबेरसम्म छोरा नफर्किएपछि खोज्दै जाँदा मृतकका बुबाले मृत्यु भइसकेको अवस्थामा श्रेष्ठलाई फेला पारेका थिए ।

उनले मृत छोरालाई देखेपछि तत्काल गाउँले र प्रहरीलाई खबर गरेपछि घटनास्थलमा प्रहरीसहित स्थानीयवासी पुगेका थिए । मृतकको शव परीक्षणका लागि राति नै भद्रपुरस्थित मेची अञ्चल अस्पताल लगिएको छ ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ