arrow

गाउँपालिकाको विकासका लागि आएको एक करोड अध्यक्ष र उपाध्यक्षको खातामा, भ्रष्टाचारको छानवीन गर्न कांग्रेसको माग

काँग्रेसले बनायो ६९ सदस्यीय संघर्ष समिति 

logo
प्रकाशित २०७६ जेठ २ बिहिबार
nepali-congress-flag.jpg.jpeg

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाका लागि यहाँका जलबिद्युत आयोजनाहरुले दिएको १ करोड रकम गाउँपालिका अध्यक्ष र उपाध्यक्षले ब्यक्तिगत खातामा राखी मनोमानी रुपमा खर्च गरेको समाचार बाहिरिएपछि नेपाली काँग्रेस दोर्दी गाउँपालिका समितिले घटनाको छानवीन गरी दोषीमाथी कारवाही गर्न माग गरेको छ । 

बुधबार दोर्दीको नौथर शेरामा बसेको नेपाली काँग्रेस दोर्दी गाउँपालिका कार्यसमितिको बैठकले सो माग गरेको हो । बैठकले गाउँपालिकाका प्रत्यासी उम्मेद्वार बिच्छबहादुर घलेको संयोजकत्वमा ६९ सदस्यीय संघर्ष समिति समेत गठन गर्दै चरणबद्ध आन्दोलनमा जाने निर्णय समेत गरेको छ । 

बिधि, बिधान र पद्धतिलाई कुल्चेर गरीएको अनियमिततामा यहाँका जलबिद्युत आयोजनाहरुको भुमिकामाथि शंका गर्दै काँग्रेसले गाउँपालिकको संस्थागत संरचनालाई छलेर ब्यक्तिको नाउँमा दिएको भुक्तानीबारे जनतालाई स्पष्ट जबाफ दिन जलबिद्युत आयोजनाहरुसँग पनि काँग्रेसले  माग गरेको संघर्ष समितिका संयोजक बिच्छबहादुर घलेले जानकारी दिए । 

बैठकले दोर्दी गाउँपालिकामा भएको भ्रष्टाचार उजागर गर्ने पत्रकार आश गुरुङलाई धन्यवाद दिंदै भ्रष्टचार बिरोधी अभियानमा सहयोग गर्न सम्पूर्ण दोर्दीवासी बुवाआमा दाजुभाई तथा दिदीबहिनीहरुमा आग्रह गरिएको छ । 

नेपाली काँग्रेस दोर्दीका सभापति हरीश्चन्द्र पण्डितको अध्यक्षतामा बसेको बैठकमा नेपाली काँग्रेसका सक्रिय कार्यकर्ताहरुको समेत उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ