arrow

दोर्दी गाउँपालिमा भएको भ्रष्टाचारको छानवीन गर्न कांग्रेसको माग

logo
प्रकाशित २०७६ जेठ २ बिहिबार
dordi_3.jpg

लमजुङ।  लमजुङको दोर्दी गाउँपालिकाका लागि यहाँका जलविद्युत आयोजनाहरुले दिएको १ करोड रकम गाउँपालिका अध्यक्ष र उपाध्यक्षले ब्यक्तिगत खातामा राखी मनोमानी रुपमा खर्च गरेको समाचार बाहिरीएपछि नेपाली कांग्रेस दोर्दी गाउँपालिका समितिले घटनाको छानवीन गरी दोषीमाथी कारवाही गर्न माग गरेको छ । बुधबार दोर्दीको नौथर शेरामा बसेको नेपाली कांग्रेस दोर्दी गाउँपालिका कार्यसमितिको बैठकले सो माग गरेको हो ।

बैठकले गाउँपालिकाका प्रत्यासी उम्मेद्वार बिच्छबहादुर घलेको संयोजकत्वमा ६९ सदस्यीय संघर्ष समिति समेत गठन गर्र्दै चरणबद्ध आन्दोलनमा जाने निर्णय समेत गरेको छ । बिधि, बिधान र पद्धतीलाई कुल्चेर गरीएको अनियमिततामा यहाँका जलविद्युत आयोजनाहरुको भुमिकामाथी शंका गर्दै कांग्रेसले गाउँपालिकको संस्थागत संरचनालाई छलेर ब्यक्तिको नाउँमा दिएको भुक्तानीबारे जनतालाई स्पष्ट जबाफ दिन जलविद्युत आयोजनाहरुसँग पनि कांग्रेसले  माग गरेको संघर्ष समितिका संयोजक बिच्छबहादुर घलेले जानकारी दिए ।

बैठकले दोर्दी गाउँपालिकामा भएको भ्रष्टचार उजागर गर्ने पत्रकार आश गुरुङलाई धन्यवाद दिंदै भ्रष्टचार बिरोधी अभियानमा सहयोग गर्न सम्पूर्ण दोर्दीवासी बुवाआमा दाजुभाई तथा दिदीबहिनीहरुमा आग्रह गरीएको छ ।

नेपाली कांग्रेस दोर्दीका सभापति हरीश्चन्द्र पण्डितको अध्यक्षतामा बसेको बैठकमा नेपाली कांग्रेसका सक्रिय कार्यकर्ताहरुको समेत उपस्थिती थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ