arrow

खानेपानीको मिटरमा उठेभन्दा वढि रकम असुल

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ जेठ २ बिहिबार
water-meater.jpg

पाँचथर । फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयले खानेपानीको मिटर वक्समा उठेभन्दा वढि रकम लिएको पाइएको छ ।

बुधबार मिटर रिडिङ गर्ने क्रममा फिदिम १ का हाङनारायण आङदेम्बेको धारा नम्बर ६०५ को मिटरमा देखाए भन्दा ८ हजार लिटर पानी वढिको रकम लिएको उनले गुनासो गरे।

 मिटर रिडिङ गर्न आएका कार्यालयका कर्मचारी लिला घिमिरेले ८ हजार लिटर वढिको ३ सय २६ रुपैयाँ रकम वढि लिएको पाइएको छ । घिमिरले ७ सय ९९ रुपैयाँ रकम लिनुपर्ने भएपनि ८ हजार लिटरको ३ सय २६ रुपैयाँ वढि  १ हजार १ सय २५ रुपैयाँ रकम लिएको आङदेम्बेले बताए।

 घिमिरले भने नियतवश नभई भूलवश वढि रकम लिएको वताए। यता कार्यालय प्रमुख छवि कार्कीले भने ३ सय २६ रुपैयाँ रकम भूलवश वढि लिएको बताएका छन् । अन्य सेवा प्रवाहको विषयमा पनि  सेवाग्राहीले गुनासो गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ