arrow

राष्ट्र बेच्न लागेको भन्दै युवा संघका सदस्य कांग्रेसमा प्रवेश

प्रवेश गर्नेमा गोकर्ण बिष्टका गाउँकै नेकपा कार्यकर्ता

logo
प्रकाशित २०७६ जेठ २ बिहिबार
congress-prabesh2.jpg

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभिन्न संघसंस्थामा आवद्ध रहेका युवा संघ गुल्मीका सदस्यहरु नेपली कांग्रेसमा प्रवेश गरेका छन् ।  जिल्ला सचीव  कपुर घिमिरे, रमेश पन्थी ,बद्री  खनाल र भोजराज विक नेपाल कम्युनिष्ट  पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
 
पार्टी प्रवेश गर्दे कपुर घिमिरे वर्तमान कम्युनिष्ट पार्टीको सरकारले भ्रष्टचार,अनियमितता, महंगी बढाएको र राष्ट्र नै बेच्न लागेको भन्दै आफु नेपाली कांग्रेसमा प्रवेश गरेको बताए । उनिहरुले भने, 'यो कम्युनिष्ट पार्टीको सरकार भ्रष्टचार, महंगी र अनियमिततामा अगाडि बढेको छ, यस्तै हो भने राष्ट्र नै बेच्न समय लाग्दैन् ।'

साथै कांग्रेसको राष्ट्रिय जागरण अभियान बिहिवार धुर्कोट गाउँपालिकामा सम्पन भएको  छ ।

कार्यक्रममा प्रमुख अतिथिको नेपाली कांग्रेसका केन्द्रीय सदस्य हरि प्रसाद नेपालले नेपाल कम्युनिष्ट पार्टीले १० बर्ष आन्दोलन गरेर पनि ल्याउन नसकेको  संविधान नेपाली कांग्रेस ले ल्याएको बताए । उनले भने "कम्युनिष्ट पार्टीको सरकारले गर्न नसकेका काम नेपाली कांग्रेसले मात्रै गर्न सक्छ ।"

कार्यक्रमका विशेष अतिथि गुल्मी कांग्रेस पार्टी सभापति भुवन प्रसाद श्रेष्ठले लामो समय पछिको अभ्यास पछि कांग्रेस निर्णयमा पुगेको बताए ।

पहिलो चरणको धुर्कोट गाउँपालिका गुल्मीमा बोल्दै अधिकांशले कम्युनिष्ट सरकार अधिनायकवाद र लाजमर्दो स्थिति मा पुगेकोले जागरण अभियान महत्त्वपूर्ण भएको बताएका थिए ।  कार्यक्रममा कांग्रेसका विभिन्न भातृ संगठन तथा शुभेच्छुक संस्थाको लगायत धुर्कोट वासीको उपस्थित रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ