arrow

बाजुरा महोत्सवको तयारी तिव्र

logo
जनक बोहरा,
प्रकाशित २०७६ जेठ २ बिहिबार
bajura-mohatsab.jpg

बाजुरा । बाजुरा जिल्लामा पहिलो पटक हुन लागेको बाजुरा महोत्सवले कृषि र जडीबुटीलाई विशेष प्राथमिकता दिएको छ । प्रशस्त मात्रामा बहुमुल्य जडीबुटी र अर्गानिक परिकारलाई जोड्दै कृषि सो क्षेत्रको प्रवद्र्धन र प्रचार गर्नका लागि महोत्सवको आयोजना गरेको महोत्सव मुल समारोह समिति बाजुराले जनाएको छ ।

कृषि र जडिबुटी जिल्लाको आम्दानीको स्रोत भएकाले महोत्सवमा आधुनिक कृषि र जडीबुटीको संरक्षण गर्नुका साथै पर्यटकिय क्षेत्रको प्रवद्र्धन र पर्यटकको सम्भावनालाई प्रचार प्रसार गर्दै जिल्लाको समृद्धीका लागि महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष तथा मुल समितिका संयोजक देव बहादुर रोकायाले बताएका छन् ।

उनले ९ वटै स्थानीय तहमा रहेका स्थानीय संस्कृति र चाडपर्वलाई समेत झल्किने खालका कार्यक्रम संचालन गर्न बताए । स्थानीय स्तरका झाकी,भुवा,गौरा,अनन्ते माघी लगायतका कार्यक्रम महोत्सवमा प्रर्दशन हुने भएका छन् ।  संस्कृतिको संरक्षण पर्यटनको पर्यटनको प्रवद्र्धन तथा उद्योग,व्यापारलाइृ सुमेत जोड दिएको छ । ‘कृषि,जडीबुटी,उद्योग,पर्यटन र व्यापार,समृद्ध बाजुराका लागि विकासको आधार’ मुल नाराका साथ महोत्सवको जेठ ३ देखि ९ गते सम्म महोत्सव संचालन हुने भएको हो ।

महोत्सवमा स्थानीय कृषकले उत्पादन गरेका विभिन्न अर्गानिक परिकार फापर,कोदो. मार्से लगायतका खाद्य वस्तु प्रदर्शनीमा राखिने भएका छन् । यस्तै बडीमालिका,छेडेदह,बुढीनन्दा खप्तड लगायतका पर्यटकिय क्षेत्रका फोटोहरु प्रर्दशनीमा राखिने अध्यक्ष रोकायाको भनाई छ ।

प्रत्येक स्थानीय तहले महोत्सवमा स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरु स्टलमा राखिने भएका छन् । महोत्सवभरीका लागि बनाएका स्टलहरुमा जिल्लाका उत्पादन भएका अर्गानिक वस्तु,पर्यटकिय क्षेत्रका फोटो प्रदर्शनी,स्थानीय अल्लोबाट उत्पादन गरेका कपडा,नेपाली हाते कागज लगायतका आकर्षण वस्तु प्रदर्शनमा राखिने उद्योग वाणिज्य संघ बाजुराका महासचिव तुलाबहादुर रोकायाले जानकारी दिएका छन् ।

महोत्सवका लागि ७० लाख बढीको आम्दानी गर्ने आयोजकको लक्ष्य रहेको छ  । सो महोत्सव भरी हरेक दिन पाँच हजार बढी दर्शक भित्र्याउने उद्देश्य आयोजकको रहेको छ ।

बाजुरामा महोत्सव मुख्यमन्त्रीबाट उद्घाटन 
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रथम बाजुरा महोत्सवको उद्घाटन बाजुरा आउने भएका छन् ।  मुख्यमन्त्री भएको डेढ वर्षपछि मन्त्री भट्ट पहिलो पटक महोत्सवको अवसरमा बाजुरा आउन लागेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिं ओलीले बताए।

उनका अनुसार मुख्यमन्त्री भट्ट बाजुरा उद्योग वाणिज्य संघको निमन्त्रणमा बाजुरा आउने कार्यक्रम रहेको ओलीले बताए । मुख्यमन्त्रीसंगै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह पनि आजै बाजुरा आउनु हुने भएको छ ।

दर्जन बढी कलाकार आउने
प्रथम बाजुरा महोत्सवमा  एक दर्जन बढी कलाकार आउने भएका छन् । कला क्षेत्रमा राष्ट्रिय स्तर र स्थानीय कलाकार  बाजुरा महोत्सवमा आउने भएका हुन् ।

महोत्सवमा नेपाल आइडल सिजन–२ का रवि ओृड सुमेत बाजुरा महोत्सवमा आउने आयोजनकले जनाएको छ । सो महोत्सवमा लोक दोहरी  तथा देउडा गायक समेतको सहभागिता रहने उद्योग वाणिज्यसंघ बाजुराका कार्यालय सचिव टेक बहादुर धामीले बताए  ।
 
उनले जिल्लामा हुने स्थानीय पर्वको राष्ट्रिय स्तरका कलाकारसम्म पुर्‍याउने गरी केन्द्रस्रतका कलाकारलाई बोलाइएको आयोजकको भनाई रहेको छ ।

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ