arrow

लहानमा बसको ठक्करबाट एकको  मृत्यु

logo
महेश  सिंह महतो,
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
accident.jpeg

लहान। सिरहाको लहान नगरपालिका १२ पडरियास्थित पूर्व पश्चिम राजमार्गमा पर्ने पडरिया चौकमै बसको ठक्करबाट एक युवकको ज्यान गएको छ । 

ज्यान गएको ब्यक्ति सिरहाको धनगढीमाई नगरपालिका ११ बस्ने २३ वर्षीय ओम मण्डल रहेका छन् । सो जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरीक्षक मिलन  बस्नेतले बताए ।

प्रहरी निरीक्षक मिलन बस्नेतको अनुसार पूर्व तर्फबाट आउँदै गरेको ना।६ ख।७८६४ नम्बर प्लेट भएको यात्रुभएका बसको ठक्करबाट गम्भिर घाईते भएका थिए । 

घाईते भएका ओम मण्डललाई अस्पताल लैजाने क्रममै ज्यान गएको हो । सो बस र चालक झापाको मेची नगरपालिका ११ बस्ने  ४२ वर्षीय लक्ष्मीप्रसाद दंगाललाई प्रहरीले नियन्त्रणमा लिई कानुन प्रक्रिया अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय लहानले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ