arrow

शैक्षिक संस्थाहरुमा हुने अभद्र व्यवहार विरुद्ध प्रहरीको अभियान

logo
अंगद यादव,
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
schools.JPG

नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको ईलाका प्रहरी कार्यालय बेलाटारीले समुदाय प्रहरी साझेदारी अन्तर्गत शैक्षिक संस्थाहरुमा हुने अभद्र व्यवहार विरुद्ध अभियान अनुसार प्रतापपुर गाउपालिकामा वडा नं.-९ रहेको त्रिभुवन क्याम्पस बेलाटारीमा विद्यार्थिहरुलाई सो सम्बन्धि जानकारी मुलक कार्यक्रम संचालन गरिएको छ ।

विद्यालय क्याम्पस वा सार्वजनिक स्थानमा कसैलाई अभद्र व्यवहार गर्ने र हैरानी दिने कार्य सामाजिक दण्डनीय अपराध हो साथै मनोबिज्ञानमा नकारात्मक असर परी दुर्घटनाहरु निम्त्याउने सक्ने भएकोले यस्ता कार्यहरु नसहन र हुन नदिने ईलाका प्रहरी बेलाटारीको प्रहरी सहायक निरिक्षक घरभरन गुप्ताले जानकारी गराएका छन ।

हातपात गाली बेइज्जत गर्ने अफवाह फैलाउने मांसिक यातना दिने इन्टरनेट र सामाजिक संजालको माध्यमबाट बेइज्जत गर्ने निशेधित व्यवहार हो र हैरानी दिन अभद्र व्यवहार गर्ने गराउने व्यक्तिलाई कैद र जरिवाना समेत हुने जानकारी गराइयो ।

अभिभावक विद्यालय प्रशासन परिवार अन्य विश्वासिलो व्यक्तिलाई भन्ने हिंसामा परेका साथीहरूको पक्षमा उभिने र हिंसा विरुद्ध अवाज उठाउने तथा प्रहरीलाई खबर गराउने जस्ता चेतनामूलक जानकारी गराइएको गुप्ताले बताएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ