arrow

सरकार पतनको बाटोमा गएको राठौरको ठहर

logo
प्रकाशित २०७६ जेठ ४ शनिबार
Kishor-singh-rathor-bardiya.jpg

बर्दिया। नेपाली कांग्रेसका केन्द्रीय सदस्य किशोर सिंह राठौरले वर्तमान नेकपाको नेतृत्वको सरकार पतन उन्मुख  रहेको बताएका छन।

कांग्रेसको अनुशासन समितिको सदस्य समेत रहेका नेता राठौरले सरकार दम्भ र अहंकारको बाटोमा अगाडि बढेको कारण पतन हुँदै गएको ठोकुवा गरे।

राठौरले पार्टीभित्र अनुशासन कायम गर्न नसके पार्टी चल्न नसक्ने भन्दै सबैलाई अनुशासित रहन अपिल गरे। नेता राठौरले कांग्रेस भित्र मंच पाउना साथ अर्काको आलोचना गर्ने परम्परा बिकाश हुँदै गएको भन्दै त्यो परम्पराले निरन्तरता पाईराखे पार्टीलाई ठूलो क्षती हुने बताए। 

नेपाली कांग्रेस बर्दिया साबिक क्षेत्र नम्बर चारले आयोजना गरेको जागरण अभियानमा बोल्दै राठौरले सबैलाई आफू बलियो बन्न भन्दा पार्टी बलियो बनाउनतिर लाग्न सुझाव दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ