arrow

रामचन्द्र पौडेल पुनर्वासमा, यसरी तात्यो कांग्रेस

logo
जुद्ध चौधरी,
प्रकाशित २०७६ जेठ ५ आइतबार
ramchandra-poudel.jpg

पुनर्वास । सुदृढीकरणका लागि जागरण अभियानका क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जेठ ८ गते कञ्चनपुरको पुनर्वासमा आउने भएका छन् ।
 
जिल्लाको दक्षिणी क्षेत्रको चुनावी क्षेत्र नं १ स्थित पुनर्वासको आइबिआरडीमा कार्यकर्ता भेटघाट तथा प्रशिक्षणका लागि नेता पौडेल पुनर्वास आउने कार्यक्रम तय भएको  क्षेत्रिय सभापति गोपीप्रसाद उपाध्यायले बताए ।

जेठ ८ गते बिहान ८ बजेदेखि १२ बजे सम्म पुनर्वासको आइबिआरडीमा वरिष्ठ नेता पौडेलद्वारा सम्बोधन गरिने  कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।

वरिष्ठ नेता पौडेल पुनर्वास आउने भएपछि कार्यक्रमलाई सफल पार्न कांग्रेसको शनिबार बसेको बैठकले विभिन्न समितिहरू समेत गठन गरेको छ। 

मञ्च ब्यबस्थापन , प्रचारप्रसार , स्वागत र मिडिया लगायतका समिती गठन गरि कार्यक्रमलाई भब्यताका साथ सफल पार्ने कार्यक्रम तय गरिएको नेपाली कांग्रेसले जनाएको छ । 

शनिबार पुनर्वासको आइबिआरडीमा नेपाली कांग्रेसका नेता तथा पुर्व साँसद दिवानसिंह बिष्ट प्रमुख आतिथि रहेको बैठकमा पुनर्वास नगर सभापति यमप्रसाद पौडेलको सभापतित्वमा बसेको बैठकले वरिष्ठ नेता पौडेलको कार्यक्रम भव्यताका साथ सम्पन्न बनाउन  नेपाली कांग्रेसले बैठक विभिन्न उपसमिति तयार गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ