arrow

बीमासहित जेठ दोस्रो साताबाट यार्सागुम्बा संकलन

logo
प्रकाश चन्द्र भट्ट, 
प्रकाशित २०७६ जेठ ५ आइतबार
yarsha.jpg

दार्चुला । जिल्लाका हिमाली क्षेत्रमा यस वर्ष यही जेठ दोस्रो साताबाट संकलकको बीमासहित यार्सागुम्बा सङ्कलन शुरु गरिने भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जारी गरेको ‘यार्सागुम्बा सङ्कलन तथा ओसारपसार निर्देशिका–२०७३’ अनुसार जेठ दोस्रो साताबाट सङ्कलन शुरु गरिने भएको हो ।

यार्सागुम्बा सङ्कलनका लागि यो वर्ष परिचयत्र अनिवार्य गरिएको छ । परिचय पत्र लिएर यार्सागुम्बा संकलन गर्न जाने संकलकको यो वर्षबाट पहिलो पटक बीमा गर्न शुरू गरिएको हो । 

यो वर्ष यार्सा संकलनको अवधिमा १० जना सर्वसाधारण संकलक, १० जना कर्मचारी र सुरक्षाकर्मीको बीमाको व्यवस्था गरिएको प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए । बीमा २० लाख बराबरको हुनेछ । 

“एक महिनाको अवधिमा यार्सागुम्बा सङ्कलनको क्रममा कुनै भवितव्य घट्ना भइहाले राहत स्वरुप वीमा कार्यक्रम अघि सारिएको हो”, उनले भने । सङ्कलकलाई जोखिमपूर्ण काम गर्दा हुने क्षति कम गर्न बीमा कार्यक्रम पहिलो पटक लागू गरिएको हो ।

अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय, जिल्लाका विभिन्न सेक्टर, रेन्जपोष्ट लगायतबाट परिचयपत्र वितरण शुरु गरिएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत मेहताले जानकारी दिए । निर्देशिकाले सङ्कलकका लागि नागरिकता अनिवार्य गरेको छ । 

सोही निर्देशिकाको आधारमा परिचय पत्र जारी गरिने बताइएको छ । निर्देशिकामा यार्सागुम्बा टिप्न संरक्षित क्षेत्रभित्रका जनतालाई रु ५ सय, संरक्षित क्षेत्र बाहिरका सोही जिल्लाका व्यक्तिलाई रु १ हजार र जिल्ला बाहिरका व्यक्तिलाई रु २ हजार राजस्व तोकिएको छ ।
 
यार्सागुम्बा अपिहिमाल गाउँपालिकाका लोलु, रोखापु, सतगंगा, कटेली गाड, बयेली, धरमघर, क्षत्तिगाड, चाइमटेला र व्यास गाउँपालिकाका अपि फेद, नाम्पा, दुधिवन, स्याङ्पा, गल्गासे, होमदङ्ती, घट्टेखोला, मुल्तीतिछडे, सितालनौन्था लगायतका क्षेत्रमा पाइने गरेको छ । 

जिल्लामा हरेक वर्ष सातदेखि आठ हजार यार्सागुम्बा संकलनकर्ता आउने गरेका बताइन्छ । वार्षिक झण्डै ६ देखि ८ क्वीन्टल यार्सागुम्बा सङ्कलन हुने गरेको कार्यालयको तथ्याङ्क छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ