arrow

बर्दियालाई अपराध रहित बनाउन नेपाल प्रहरी प्रतिबद्ध : एसपी बस्तोला

logo
मुरली गोडिया,
प्रकाशित २०७६ जेठ ५ आइतबार
police-awarness.jpg

गुलरिया,बर्दिया। बर्दियाका प्रमुख प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले बर्दियालाई अपराध रहित जिल्ला बनाउन नेपाल प्रहरी प्रतिबद्ध रहेको बताएका छन्। आइतबार गुलरियामा आयोजित प्रदेश नम्बर ५ को प्रदेश स्तरको प्रथम चरणको लागु औषघ ओसारपसार तथा नियन्त्रण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै एसपी बास्तोलाले यस्तो बताएका हुन।

रचनात्मक कार्य गरि राष्ट्र निर्माणमा लाग्ने हाम्रा युवा जवानहरु अहिले आफनो बाटो बिराएको भन्दै अभिभावकहरु अत्यन्त गम्भिर भई हाम्रो बर्दिया राम्रो बर्दिया बनाउन नेपाल प्रहरीलाई सबैको सहयोगको अपेक्षाम समेत रहेको उनले बताए। युवाहरुलाई विभिन्न प्रलोभनमा पारी भारतका विभिन्न स्थानबाट लागु औषध ल्याउने गरेको र यहाँ ल्याएर विक्री वितरण गर्ने गरेको उल्लेख गर्दै उनले यस्तो कार्य व्यक्तिका बारे प्रहरीलाई तुरुन्त सुचना दिई सहयोग गर्न अभिभावक, शिक्षक, नागरिक समाज संग अनुरोध गरेका छन्।

कार्यक्रममा बोल्दै बर्दिया जिल्लाका मा. न्यायधिश किरण पोख्रेलले बर्दिया जिल्ला खुला सिमानाका कारण लागु औषध एवं विभिन्न अपराधिक क्रियाकलाप हुने गरेको भन्दै लागु औषघ ओसारपसार तथा नियन्त्रण अभियानमा प्रहरी, नागरिक समाज, विद्यार्थी, विभिन्न समाजिक संघ संस्था लगायतले हातेमालो गर्नु पर्नेमा जोड दिए।

बर्दिया जिल्लामा हाल सम्म २४ लागु औषदका मुद्धा रहेको जानकारी गराउँदै उनले यहाँका युवाहरुलाई भरियाको रुपमा प्रयोग गर्दै आइएकाले सचेतना मुलक कार्यक्रमहरु गाँउ गाँउमा गर्नु पर्ने बताए। लागु औषघ ओसारपसार एउटा अपराध मात्र नभई यो एक जटिल रोग भएकाले नियन्त्रणमा सवैजना लाग्नु पर्ने बताए।

जिल्ला प्रहरी कार्यलय बर्दियामा भएको उक्त कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले लागु औषघ ओसारपसार तथा नियन्त्रण अभियानमा प्रहरी तीब्र रुपमा लागेको बताए। यस अभियानमा सम्पुण जनप्रतिनीधी, विद्यार्थी, शिक्षक शिक्षिका, संघ सस्थाहरु लाग्नु पर्ने बताए।

केही व्यक्तिहरु यस्मा संलग्न भइ भारतबाट लागु औषघ भित्र्रयाउने गरेको भन्दै नगर प्रमुख यादवले प्रहरीलाई सुचन प्रदान गरि सहयोग गर्न आह्वान गर्नु भएको छ। लागु औषघ ओसारपसार तथा नियन्त्रण अभियानका कार्यक्रमहरु जिल्लाका विभिन्न स्थानिय तहमा गरिने जनाइएको छ।

जिल्ला प्रहरी कार्यलय बर्दियाको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्ला नगरप्रमुख, उपप्रमुख, संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, संचाकर्मी, विद्यालयका शिक्षक विद्यार्थी, स्थानिय नागरिक समाज लगायतको उपस्थिती रहेको थियो। जिल्ला प्रहरी कार्यलयबाट र्‍याली निकाली गुलरिया बजार परिक्रमा गरि जिल्ला प्रहरी कार्यलयमा मन्चको कार्यक्रम आयोजना गरिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ