arrow

बस त्रिशुली नदीमा दुर्घटना भएपछि उद्धार गरिँदै

logo
प्रकाशित २०७६ जेठ ५ आइतबार
trisuli-bus.jpg

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत  धादिङको बन्छेटारमा आइतबार बिहान झापाबाट काठमाडौंआउँदै गरेको बस त्रिशुली नदीमा दुर्घटना भएपछि उद्धार गरिँदै ।

दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३ ८७ नम्बरको बस गजुरी गाउँपालिकाको बन्छेटारमा घुम्तीबाट त्रिशूली नदीमा खसेको हो ।
 
दुर्घटनामा ज्यान गुमाउनेमा काठमाडौं थानकोटका ५१ वर्षका राजकुमार सुवेदी, इलामका विशाल गिरी र धादिङका राजन आचार्यको सनाखत भएको छ । अन्यको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घाइते मध्ये १७ जनाको काठमाडौंको ट्रमा सेन्टर तथा अन्यको धादिङको गजुरी र जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बसमा चालक दलका ३ जनासहित ३४ जना सवार रहेको बताइएको छ  ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ