arrow

अध्यक्षले उपाध्यक्षसहित पाँच जनाबिरुद्ध अदालतमा हाले मुद्दा

logo
प्रकाशित २०७६ जेठ ५ आइतबार
court.jpeg

पर्सा । पश्चिमी पर्साको पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्षक्ष हरिनारायण रौनियारले आफ्नै गाउँपालिकाका उपाध्यक्ष ममता महतो थारुसहित पाँचजना माथि जिल्ला अदालत पर्सामा गालीबेइज्जती मुद्दा दायर गरेका छन् ।
 
शुरुमा गाउँपालिकाका कार्यकारी अधिकृत तथाअध्यक्ष रौनियारको मिलेमतोमा रु दुई करोड ७२ लाखमा खोलाको बोलपत्र निकालेकामा पछि उक्त बोलपत्र रद्द गरी सोही बोलपत्र आफ्नो मान्छेलाई रु एक करोड नौ लाखमा पारेको विषयलाई लिएर उपाध्यक्षसहितका सदस्यहरुले विरोध जनाउँदाअध्यक्ष रौनियारले अदालतमा सो मुद्दा दायर गरेका हुन्।

अध्यक्ष रौनियारले उपाध्यक्ष महतो. कार्यपालिकाका–३ का वडा अध्यक्षक्ष माधवप्रसाद राउत तथा सदस्यहरु विपिन मुखिया, मानमती देवी, प्रेमशिला देवी र कलही देवीमाथि गाली बेइज्जती मुद्दा दायर गरेको उपाध्यक्ष महतोले बताइन् ।

 उपमेयर महतोसँग जिज्ञासा राख्दा उनले जुन बोलपत्र खुल्ला रुपमा निकाल्नु पर्नेमा त्यो नगरी कार्यकारी अधिकृत चौधरीले ७० लाख रुपैयाको चलखेलमा कम रकममा आफनो मान्छेलाई बोलपत्र पारेकोले सोको विरोध गर्दा मेयर रौनियारले आफूहरुमाथि मुद्दा दायर गरेको बताइन्।

यस सम्बन्धमा थप जानकारीको लागिअध्यक्ष रौनियारसँग सम्पर्क गर्दा उनिसँग सम्पर्क हुनसकेन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ