arrow

प्रहरीले पायो चितुवाको छाला किनबेचको खवर, बोक्ने व्यक्ति ठोक्यो टाप

logo
प्रकाशित २०७६ जेठ ५ आइतबार
chitwa.jpg

दोलखा । दोलखामा सशस्त्र प्रहरीको टोलीले दुर्लभ वन्यजन्तु चितुवाको छाला बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल १८ नं गुल्मको टोलिले तामाकोशी गाँउपालिका–५ किर्नेबाट चितुवाको छाला बरामद गरेको हो ।

बरामद गरिएको छाला साढे पाँच फिट लामो रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

छाला किनबेच हुन लागेको भन्ने सूचनाका आधारमा जाँदा सामान बोक्ने व्यक्ति प्रहरी देखेपछि भागेका प्रहरीले जनाएको छ ।

छाला आवश्यक कारवाहीका लागि डिभिजन बन कार्यालयमा बुझाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ