arrow

सरकार लत्रिएन, पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

logo
प्रकाशित २०७६ जेठ ५ आइतबार
FNJ-logo.jpg.jpeg

काठमाडौं ।  नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । मन्त्री परिषदवाट पारित भई संसदमा बैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधान सरकाले फिर्ता नलिएपछि महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो ।

 महासंघका अध्यक्ष गोविन्द आचार्यले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन घोषणा गरेका हुन् । महासंघले पहिलो चरणको आन्दोलन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ ।

अध्यक्ष आचार्यद्वारा विज्ञप्तिमा भनिएको छ , 'पहिलो चरणको आन्दोलन सम्पन्न हुँदासमेत सरकारले महासंघले उठाएका जायज मागहरु सम्वोधन गर्नेतर्फ कुनै गम्भीरता देखाएको छैन । समस्या समाधान गर्न सरकार सकारात्मक नदेखिएकाले महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।'

पत्रकार महासंघको आयोजनामा संचार सम्वद्ध विभिन्न संघ, संगठन र संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुसँगको संयुक्त बैठकले दिएको सुझावका आधारमा मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानका विरुद्ध विरोधका कार्यक्रम महासंघले तय गरेको हो ।

संघर्षका कार्यक्रमहरु
जेठ ६ र ७ गते –महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श ।
जेठ ८ गते – संसद् प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने ।
जेठ ९ देखि १२ गतेसम्म– सञ्चारमाध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने ।
जेठ १३ र १४ गते– सांसदहरुसँग भेट गरी छलफल गर्ने ।
जेठ १६ र १७ गते–प्रेस स्वतन्त्रता सेनानीको ऐक्यवद्धता ।
जेठ १८ देखि २० गतेसम्म– महासंघको प्रतिष्ठान शाखा र एसोसिएटहरुको आयोजनामा उक्त विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल कार्यक्रम चलाउने ।
जेठ २१ र २२ गते– महासंघका जिल्ला शाखाहरुले राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने ।
जेठ २३ र २४ गते– केन्द्रमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने ।
जेठ २५ गते– अपरान्ह ३ बजे बानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने । काठमाडौं उपत्यका बाहिर प्रदेश राजधानी रहेको स्थानमा सोही खालको प्रदर्शन गर्ने र त्यसको संयोजन प्रदेश समितिले गर्ने ।



लोकप्रिय समाचार
नयाँ