arrow

बुद्ध जयन्तीमा संस्कृतिक कार्यक्रम

logo
गोपाल अधिकारी,
प्रकाशित २०७६ जेठ ४ शनिबार
buddha-santi.jpg

इलाम। इसापूर्व ५६३ मा नेपालको लुम्बीनीमा आजभन्दा २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म भएको थियो । वैशाख शुक्ल पूर्णिमाकै दिनमा जन्मिएका भगावन गौतम बुद्धको जन्म जयन्तीलाई देशभर भव्यताका साथ विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ ।

यसैगरि इलामको सुर्योदय नगरपालिका वडा नं ८ स्थित शहिद पार्कमा बुद्ध शान्ती संस्कृतिक मण्डलीद्वारा संस्कृतिक कार्यक्रम गरेको छ । असेस पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य काजिमान कागतेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा ड्रमर्सवर्कस एकाडेमी दिप ज्योती कम्प्यूटर एण्ड ल्याङ्गेवेज सेन्टर साथै आयोजक समितिको तर्फवाट र्दजनै नित्य तथा गायन प्रस्तुत गरिएको थिया ।

संस्कृतिक कार्यक्रमको पहिलो पुरस्कार सुर्योदय नगरपालीका वडा नं. ८ निवासी विरज यल्मुले डिजे बक्स पाएका थिए भने  दोश्रो पुरस्कार सुर्योदय नगरपालीका वडा नं.८ सिद्ध गाउका लोक वा प्रधानले गिटार र तोश्रो पुरस्कार सुर्योदय नगरपालिका वडा नं. ७ की सजिता सापकोटाले मादल पाएकी थिइन ।
 
 कार्यक्रमको उद्घाटन भगवन बुद्धको पुजा अर्चना गरेर सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य सस्थाका सचिव नविन श्रष्ठ ले राखेका थिए भने कार्यक्रमको संचालन लाक्पा दोर्जे कागतेले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ