arrow

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा काठमाडौंका खड्काको मृत्यु 

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
accident.jpeg

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाइकललाई र ट्रकले ठक्कर दिँदा आइतबार साँझ एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–८ बस्ने ३० वर्षीय अनुप खड्का रहेका छन् ।
     
 मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ७७ प ६६६३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ५९७१ नम्बरको ट्रकले भरतपुर महानगरपालिका–२९ केराबारीमा ठक्कर दिएको थियो । 

ट्रकको ठक्करबाट घाइते खड्काको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । 

ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा रहेको छ भने चालक फरार रहेका छन् । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ