arrow

बोहोरोको नुहाउँदा डुबेर मृत्यु 

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
drowning.jpg

धादिङ । काठमाडौँबाट पोखरा घुम्न निस्केका एक युवा धादिङमा पौडी खेल्न खोला गएपछि डुबेर आइतबार मृत्यु भएको छ । गल्छी गाउँपालिका–४ चिरौँदी खोलास्थित त्रिशूली नदीमा नुहाउन गएका बझाङका २५ वर्षीय मनोज बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए ।     
     
 काठमाडौँबाट चार जना मोटरसाइकलमा आएकामा उनीहरु अत्यधिक गर्मीका कारण नदीमा नुहाउन गएका थिए । पौडी खेल्दा डुबेपछि उद्धार गर्न नसकेर उनको मृत्यु भएको हो । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ