arrow

धनकुटा नगरमा कांग्रेसको जागरण अभियान

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
jagaran.JPG

धनकुटा । धनकुटा नगरमा क्षेत्रमा नेपाली कांग्रेसलाई अझ सशक्त र क्रियालिश बनाउनका लागी राष्टिय जन जागरण अभियान अन्तर्गत आइतबार धनकुटा नगरमा संचालन गरिएको अनुशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका धनकुटाका नेताहरुले बताएका छन् ।

उक्त  जनजागरण अभियान कार्यक्रममा नेपाली कांग्रेस धनकुटका पूर्व सभापति तथा पूर्व सांसद  धनकुटा नगरपालिका राष्ट्रिय जनजागरण अभियानका संयोजक मनोहर नारायण श्रेष्ठले जनजागरण अभियान मार्फत नेपाली कांग्रेसमा आमुल परिवर्तन हुने बताए । उनले कांग्रेसमा व्यापक ढंगले संगठन सुदृढीकरण भै कांग्रेस मुलुकै शक्तिशाली पार्टी हुनेसमेत बताए । 

कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले राष्ट्रिय जन जागरण अभियानको उदेश्य र महत्वमाथी प्रकाश पार्दै जनजागरण अभियानले कांग्रेसलाई नया दिशा दिने  बताउँदै जनजागरण अभियानको बारेमा सहजीकरण गरेका थिए ।
 
कार्यक्रममा प्रदेश सभाका तथा सांसद लिला सुब्बा, नेपाली कांग्रेस धनकुटाका पूर्व कोषाध्यक्ष विकास प्रधान, धनकुटा नगर कार्य समितिका सभापति रोशन श्रेष्ठ उपसभापति मिलन खड्की, नेपाल शिक्षक संघ धनकुटका अध्यक्ष थिरेन्द्रबहादुर लिम्बु लगायतले नेपाली कांग्रेसलाई सशक्त र क्रियाशिल बनाई प्रमुख प्रतिपक्षी दलहको भूमिका निर्वाह गर्नु पर्ने बताए ।

सो अबसरमा राष्ट्रिय  जनजागरणका लागी धनकुटा नगरपालिकाका प्रतिनिधिहरु वडा नं.१ गोविन्द्र वाग्ले, वडा नं. २. अम्विका परिवार, वडा नं. ३ रमेश श्रेष्ठ, वडा नं. ४ पुरेन्द्रलाल श्रेष्ठ, वडा नं. ५ नरेश श्रेष्ठ, वडा नं. ६ धन कुमार राई, वडा नं. ७ सिता श्रेष्ठ, वडा नं. ८ रविन्द्र नेपाली, वडा नं. ९ रोशेष श्रेष्ठ, वडा नं. १० रुकमान तामाङ्ग लगायतले जन जागरण अभियान अन्र्तगत वडा वडामा गएर व्यापक रुपमा संगठन विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सो अवसरमा वडा नं. ४ का निर्वाचित सदस्य तथा नेपाली कांग्रेस धनकुटका जिल्ला सदस्य दुर्गा अधिकारी,वडा नं. ५ का उपभसपाति तथा निर्वाचि वडा सदस्य गोविन्द्र राई, वडा नं. ६ का निर्वाचित वडा सदस्यहरु हिरादेवी राई,मना रम्तेल, वडा नं. २ का सभापति पदम भण्डारी,वडा नं. ६ का सभापति दोधराज वास्तोला, वडा नं. ८ का सभापति सूर्य वहादुर राई, वडा नं. ८ का वडाध्यक्षका उम्मेदवार मानुभक्त राई, वडा नं. ९ का वडाध्यक्षको उम्मदवार सिताराम न्यौपाने, नगर सदस्य भैरव पाँचकोटी लगायत धनकुटा नगरका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ