arrow

ढुङ्गामा नै बज्छ नौमती बाजा

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
baja-ston.jpg

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेमा रहेको नौमती बाजा बज्ने ढुङ्गामा अवलोकन गर्दै आन्तरिक पर्यटक । यस ढुङ्गामा नौमती बाजाको विभिन्न बाजाको आकृतिमा बजाउँदा बाजाको जस्तै दुरुस्तै आवाज निस्कने गर्छ ।

अग्लो पहाडमा नौमती बाजाका आकृति रहेको उक्त स्थानलाई प्रचारप्रसार गर्न सकेमा पर्यटक भित्र्याउन सक्ने सम्भावना रहेको छ । दुईवटा दमाहा, एउटा ढोलक र एउटा ट्याम्को बाजाको आकृति रहेको ठाउँमा कुनै वस्तुले हान्दा आकृति अनुसारको आवाज निस्कने गर्छ ।

‘पहाडमा रहेका आकृति अनुसारको आवाज निस्कनु आफैमा नौलो हो, पहाडमा नौमती बाजाका सनही, नरसिंहा, कर्नाल बाजाको समेत आकृति देखिन्छ’, यस क्षेत्रका बारेमा प्रचारप्रसार गर्नका लागि सक्रिय रहका स्थानीयले भने ।

सयौँ वर्ष अगाडि रुप्से झरनामा रहेका भूमे देवताले स्थानीय नौमती बाजा टोलीका बाजालाई पहाडमा रुपान्तरित आकृतिको रुप बनाइदिएको किंबदन्ती छ । अहिले पनि लामो खडेरीका समयमा उक्त स्थानमा पूजा गरेमा पानी पर्ने गरेको स्थानीयवासी बूढापाका बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ