- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बझाङ। जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६ पाटादेबलका जनप्रतिनिधी सहित वडाका कर्मचारीहरु शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रसासन कार्यालय आएका छन् । आफुहरुलाई त्यहाँका केही स्थानीयहरुले गाली गलौच तथा ज्यान मार्ने सम्मको धम्की दिने गरेको भन्दै न्याय माग्नका लागी वडा कार्यालय काम काज ठप्प पार्दै सदरमुकाममा आएका हुन् ।
वडा अध्यक्ष तिलक बहादुर खड्का सहित अन्य चार जना जनप्रतिनिधी, वडा सचिब , कार्यालय सहयोगी सहितको टोली सोमबार सदरमुकाम चैनपुरमा आएर शान्ति सुरक्षाको माग गर्दै बिभिन्न निकायमा निबेदन दिएका छन् । उनिहरुले आफु माथि अन्याय गर्ने ब्यक्तिलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय, सहित जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् ।
वडा कार्यालयको प्रशासनिक काम सहित बन्द गरेर न्यायको खोजीमा सदरमुकाम आएका वडा कार्यालयको टोलीले आफ्नो न्यायका लागी जिल्ला स्थित मानब अधिकारक्रमी र सञ्चारक्रमीहरुलाई समेत आफुहरु माथी भएको घटनाको बारेमा जानकारी गराएका छन् ।
आईतबार गाउँपालिकाको आयोजनामा वडा स्तरीय अन्र्तरगतका मावि र निमावि तह विच पोषण ,महिनावारी स्वच्छता सम्बन्धि बक्क्तीत्वकला कार्यक्रमको सुरुवात गर्ने तयारी गरि रहेका बेला वडा कार्यालय नजिकै घर भएका डबल बहादुर खड्काले विद्यालय साथै वडा कार्यालय आई शिक्षक जनप्रतिनिधीहरुलाई गाली गालौज र दुरब्र्यावहार गरे पछि वडा नम्बर ६ का जनप्रतिनीधीहरु शान्ति सुरक्षाको माग गर्दै जिल्लामा आएका हुन् ।
शान्ति सुरक्षाको माग गर्दै सदरमुकाम पुगेका वडा अध्यक्ष तिलक खड्काले भने“विहान रक्सी पिएर डबल खड्काले वडा कार्यालयमा हामी जनप्रतिनीधीहरुलाई गाली गलौच गरेपछि उनिलाई सम्झाउन खोज्दा उल्टै डबल खड्काका छोराहरु त्रिभुवन खड्का र प्रकास खड्का आएर आफुहरुलाई आक्रमण गर्न खोजी ज्यान मार्ने धम्की दिए पछि वडा कार्यालयमा काम गर्ने वातावरण नहुदा आफुहरु न्याय खोज्दै सदरमुकाम आएको हौ । देशमा लोकतन्त्र स्थापना भई सक्दा पनि निर्बाचित जनप्रतिनिधी माथी बारम्बार डबल खड्काको परिवारबाट ज्यान मार्ने धम्की , कुटपिट लयागतका घटना भई रहन्थे।”
उनले भने “डबल खड्काको परिवारले गरेको ज्याजतीका बारेमा जिल्ला प्रहरी कार्यालय , प्रहरी चौकी र अदालतमा कती उजुरी छन् उनी कस्तो मान्छे हुन त्यहीबाट स्पष्ट हुन्छ र त्यहका स्थानीय सबैलाई सोध्पुछ गर्दा पनि उनि कस्तो मान्छे हुन भन्नेबारे जाकारी हुन्छ।”
महिला जनप्रतिनीधी कृष्णा थापाले डबल खड्का सहित उनिका छोराहरुले महिलाहरुको समेत गाली बेईजत गरेको हुँदा वडा कार्यालयमा आउन जान समेत डर लाग्ने गरेको बताइन्। पाटादेबलमा उनिको परिवारको बाहुल्य रहेका र उनिहरुले जहिले पनि पाटादेबलमा कर्मचारी जनप्रतिनिधीहरुलाई धम्की दिने , झै–झगडा गर्ने हुदा वडा कार्यालयमा आउन जान तथा काम गर्न समेत डर लाग्ने गरेको जनप्रतिनीधिहरुको उनिको भनाई छ ।
वडा कार्यालयको कामगाज समेत ठप्प पारेर सदरमुकाम आएका जनप्रतिनीधीहरुले डबल खड्काको परिवार बाट हामीहरुलाई जतीखेर पनी दुब्र्यावहार र कुटपिट हुन सक्ने खतरा भएको भन्दै उनिहरुलाई कार्वाही नगर्दा सम्म आफुहरु गाउँ नफर्किने बताएका छन् । प्रशासनमा पत्रकार सम्मेल गर्दै जनप्रतिनिधीहरुले आफु माथि धेरै अन्याय भएको र आफुहरु पिडा सहेर बसेको समेत जानकारी दिए।
यस विषयमा डबल बहादुर खड्काका छोरा त्रिभुवन खड्काले आफ्ना बुबा डवल खड्कालाई सानो विवादमा हातपात गरेकाले आफुहरुले प्रतिकार गरेको बताए। यस घटनाको बारेमा जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी भएको बताउदै सहायक प्रमुख जिल्ला अधिकारी राम बहादर सार्कीले यस विषयमा दुवै पक्षलाइ बोलाएर छलफल गरि समस्याको सामाधान गर्ने बताए ।