- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर । एक हप्ता अघि हत्या गरिएकी पाँचथर हिलिहाङ गाउँपालिका वडा नम्बर ४ की शितल योङहाङको हत्यामा संलग्न फरार मुख्य योजनाकार पदम तामाङलाई यथाशक्य पक्राउ गर्न माग गर्दे विद्यार्थीहरुले सोमबार सदरमुकाम फिदिममा प्रर्दशन गरेका छन् ।
फिदिम बजार र्यालीले परिक्रमा गरी उनीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि कोणसभा गरेका थिए । सभालाई सम्वोधन गर्दे विद्यार्थीहरुले फरार अभियुक्त तामाङलाई प्रहरीले यथाशक्य पक्राउ गरी कानुनी कारवाहीको दायरमा ल्याउन माग गरेका छन् ।
आइतबार मात्रै प्रहरीले पत्रकार सम्मेलन गरी घटनाका मुख्य अभियुक्त तामाङको खोजी कार्य तिव्र पारिएको जनाएको छ ।
जिल्ला भित्र र जिल्ला बाहिर समेत प्रहरी परिचालन गरी खोजी कार्य तिव्र पारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।
सिद्धमावि पंचमीमा कक्षा १० मा अध्ययनरत शितलको घाँटी रेटेर हत्या गरेको अवस्थामा गत वैशाख २९ गते घरनजिककै खोल्सामा शव फेला परेको थियो ।
हत्या भएको भोलीपल्टै सदरमुकाम फिदिम बाट घटनामा संलग्न रहेका भगिरथ वास्तोलालाई भने प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ । पदम र शितलको प्रेम सम्वन्ध रहेको र आपसमा विवाद हुँदा हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । हत्या गर्ने तामाङ र वास्तोला फाल्गुनन्द गाउँपालिका वडा २ इम्बुङका रहेका छन् ।