arrow

गुल्मी कांग्रेसले थाल्यो स्थानीय तहमा भएका अन्याय विरुद्ध अभियान

logo
रमेश विश्वकर्मा,
प्रकाशित २०७६ जेठ ६ सोमबार
gulmi-congress4.jpg

गुल्मी। नेपाली कांग्रेस गुल्मीले नागरिक जागरण कार्यदल गठन गरेको छ । गुल्मीको इस्मा गाउँपालिकाका जनप्रतिनिधिले गरेको भ्रष्टाचार, आर्थिक अनियमितता, ढिलासुस्ती, अन्याय र अत्याचारको विरुद्ध अभियान सन्चालन गर्ने उदेश्यले नेपाली कांग्रेस गुल्मीले कृष्ण प्रसाद रिजालको संयोजकत्वमा ४५ सदस्यीय गाउँपालिका स्तरीय नागरिक जागरण कार्यदल गठन गरेको हो ।

“प्रत्येक नागरिकको हक समान, समान अधिकार प्राप्तिको लागि हाम्रो अभियान” भन्ने नाराका साथ सम्पन्न नेपाली कांग्रेस गाउँपालिका स्तरीय भेलाले सह–संयोजकमा केशव कुवर, सचिवमा इश्वरी घिमिरे, कोषाध्यक्षमा चन्द्रबहादुर खड्का, नारायण रिजाल, सदस्यहरुमा नारायण रिजाल, झबिन्द्र अर्याल, घनश्याम कुवर, माधव पौडेल, बिष्णु घिमिरे, ढाल बहादुर कुवर, बैकुण्ठ कुवर, गोकर्ण खत्री , देबिराम घिमिरे, लोकेन्द्र खड्का, अमृता रिजाल, कल्पना अधिकारी, कुल बहादुर अछामी, माया बस्नेत, यम बहादुर खत्री, निम बहादुर थापा लगायत स्थानीय सबै तहका उम्मेदवारहरु रहेको जिल्ला सदस्य तथा छाँया सरकार प्रमुख चन्द्रबहादुर महतले जानकारी दिएका छन् ।

भेलाले चन्द्रबहादुर महत संयोजक र भगतसिंह खड्का, रेशम कुवर, नर बहादुर अर्याल, शेर बहादुर कुवर, चुरा बहादुर खत्री, प्रेम पछाइ, मन बहादुर दर्लामी, रामेश्वर अर्याल र रामप्रसाद अर्याल सदस्य रहेको सल्लाहकार कार्यदल गठन गरेको छ ।

भेलामा बोल्दै प्रमुख अतिथि तथा नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले सरकारले भ्रष्टाचार, आर्थिक अनियमितता, हत्याहिंसा र बलात्कारका घटनालाई संरक्षण गरिरहेको आरोप लगाएका छन् । उनले जुनसुकै सरकारले गरेका हरेक गलत कार्यहरूका विरुद्ध कुनै लोभलालचमा नलागी एक भएर यो अभियानमा अधि बढ्न सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । सत्ताको मात लागेर जनतामाथी सरकारले गरेको दमन र अत्याचारको बदला जनताले लिएरै छाडने बिश्वास समेत सभापतिले लिएका छन् ।

स्थानीय जनप्रतिनिधिले आर्थिक लोभमा एकलौटी ढंगले र नक्कली उपभोक्ता खडा गरि कागजपत्र मिलाएर गाउँपालिका भित्र लाखौं रकम अनियमितता गरेको आरोप छाँया सरकार प्रमुख महतले लगाएका छन् ।

महतले जनप्रतिनिधि र उपभोक्ता कार्यदल मिलेर गरेका आर्थिक अनियमितताका सम्बन्धमा पटकपटक सार्वजनिक सुनुवाइ, मौखिक र लिखित निवेदन दिँदा समेत सुनुवाइ नभएकोले यो अभियान सुरु गरिएको र यसलाई प्रभावकारी रूपमा अघि बढाउन सबैलाई अनुरोध गरे।

कार्यदलले नेपाली कांग्रेसको गाउँपालिका र वडा कार्यदलसंगको समन्वय र सहकार्यमा इस्मा गाउँपालिकाका सबै वडामा संगठन बिस्तार, क्षमता अभिबृद्धिका साथै सुशासन सम्बन्धि कार्यक्रम संचालन गरिने जानकारी संयोजक कृष्ण प्रसाद रिजालले दिए।

इस्मा गाउँपालिका छाँया सरकार प्रमुख चन्द्रबहादुर महतको अध्यक्षतामा, नेपाल तरुण दलका क्षेत्रीय अध्यक्ष झबिन्द्र अर्यालको सन्चालनमा सम्पन्न भेलामा नेपाली कांग्रेसका जिल्ला उपसभापति बिष्णु बलाल, सचीव खिलध्वज पन्थी, शेर बहादुर कुवर र कृष्ण रिजाल लगायतका बक्ताले स्थानीय तहमा जनप्रतिनिधिबाट भएको भ्रष्टाचार, अन्याय, अत्याचार र धम्कीको कारण सर्वसाधारणमा त्रास पैदा गरिरहेको अवस्थामा यो अभियान राम्रो भएको र यसलाई जनताको भावना बमोजिम हरेक तहमा अघि बढाउनुपर्ने बिचार व्यक्त गरे।

हाल इस्मा गाउँपालिका अन्तर्गत जनप्रतिनिधिको संरक्षणमा उपभोक्ता कार्यदलबाट भएका आर्थिक अनियमितता लगायत अन्य गतिविधिका विरुद्ध २ दर्जनभन्दा बढी लिखित र मौखिक उजुरी परे पनि कुनै सुनुवाइ हुन नसकेको जानकारी तरुण दलका अध्यक्ष झबिन्द्र अर्यालले दिनुभयो भने केहि उजुरी माथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको पनि जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ