arrow

यस्तो थियो आरुबोटे घटनाको पूर्वाभाष  

logo
प्रकाशित २०७६ जेठ ७ मंगलबार
Pachthar.jpeg.jpeg

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा सोमबार राति दुई परिवारका ९ जनाको हत्याको एक साताअघि नै पूर्वाभाष देखिएको पाइएको छ । 

स्थानीय धनराज शेर्मा परिवारका ५ जना र उनका ससुरा ७४ वर्ष बम बहादुर फियाक परिवारका ४ जनाको धारिलो हतियार प्रहारबाट हत्या भएको छ । 

घटनामा संलग्नको पहिचान खुलेको छैन । तर हत्या गरिएका शेर्मा परिवार एक हप्ताअघि नै तारो बन्न सक्ने संकेत एक साता अघिनै देखिएको खुलेको छ । 

मिलन केन्द्र नेपाल भन्नेले एउटा कार्यक्रम चलाएको थियो, धनराज शेर्माको घर छेउँमा । एक साता अघि । 

मिलन केन्द्रले चेतनामूलक र सीपमूलक कार्यक्रम चलाको थियो । तान बुन्ने सीप सिकाइएको थियो । त्यही तालिमका क्रममा एक साताअघि खाना बनाउने क्रममा नूनमा सीसा पिनेर हालेको पाइएको छ ।  

सीसा खाएपछि, त्यहाँ सिक्ने प्रशिक्षार्थी र शेर्मा परिवारका सहित ११ जना बिरामी भएका थिए । बिरामी सबैलाई कार्यक्रम संचालक मिलन केन्द्रले नै फिदिम लगेर उपचार गराएको पनि थियो । 

गाउँपालिका अध्यक्ष अमरराज माखिमले भने, “त्यो बेला पनि ठूलो रुप लिएपछि, इलाका प्रशासन, गाउँपालिका बसेर इलाका प्रहरी कार्यालय स्थानीय प्रहरी सबै बसेर घटनाको प्रमाण जुटाउनुअघि कागज गरेको थियो । अनुसन्धानको घेरा भित्रै थियो । त्यो घटना सेलाउन नपाउँदै गएरातिको घटना भयो” । 

नूनमा सीसा मिसाएर मान्छे मार्न खोजेको घटनाको अनुसन्धानको काम समेत सकिएको छैन । माखिले थपे, “त्यो जसले खुवाएको हो, उसैको हात हुनसक्छ, सायद त्यही अनुसार अनुसन्धान बढ्छ होला” । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ