arrow

गाउँपालिकाको ढोकामा राखिएको बम सेनाद्वारा निष्कृय

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ जेठ ७ मंगलबार
bam.jpg

बझाङ । जिल्लाको छबिसपाथीभेरा गाउँपालिकाको कार्यालयको मुल ढोका बाहिर मंगलवार अज्ञात समुहले राखेको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । कार्यालयको ढोकामा कागजले बेरिएको शंकास्पद बस्तु बिहान कर्मचारीहरुले देखेपछि जिल्लाबाट प्रहरी सहित नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो ।

मुख्य ढोकामा बम हुदा कर्मचारीहरु र जनप्रतिनिधीहरु कार्यलय भित्र जान नसकेर गाउँपालिकाको काम प्रभावित भएको थियो । दिउँसो तिर नेपाली सेनाको प्राबिधीक टोलीले बम निष्कृय गरेपछि कार्यालयको काम सुचारु भएको प्रहरी नायब उपरिक्षक सूर्य केसीले जानकारी दिए ।

उनले भने गाउँपालिकालाई नेकपा बिप्लव समुहले चन्दा माग गरेको तथा गाउँपालिकाले चन्दा नदिएपछि बिप्लव समुह कार्यकर्ताबाट बम राखेको हुन सक्ने आशंका भएकाले त्यस क्षेत्रमा रहेका बिप्लव समुहका कार्यकर्ताहरुको खोजीका लागी सुरक्षकर्मी परिचालन भएको बताए।

उपरिक्षक केसीले पछिल्लो समयमा बिप्लव कार्यकर्ताले स्थानीय तहका जनप्रतिनीधी र कर्मचारीहरुले एक महिनाको तलब दिनुपर्छ भनेर परिपत्रका साथै फोनबाट चन्दा मागेको जानकारी समेत प्राप्त भएको समेत जानकारी दिए । कार्यकर्ताहरुबाट गाउँमा आफुहरु असुरक्षित भएको भन्दै बिप्लव समुहको राजनितीक समस्यालाई सरकारले समयमै समाधान गर्नुपर्ने जनप्रतिनिधीहरुको भनाई छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ