arrow

पत्रकारलाई मेयरले भने- 'म तिमीलाई लोपारी दिन्छु'

मेयर चौधरीले पत्रकारमाथि गरेको हर्कतप्रति सर्वत्र बिरोध

logo
प्रकाशित २०७६ जेठ ९ बिहिबार
mayour.JPG

सुनसरी । इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले पत्रकारहरुमाथि दुर्ब्यवहार गरेको घटनाको सर्वत्र बिरोध भएको छ । कर्मचारी कुटपिट गरेको विषयमा प्रतिक्रिया लिन उपमहानगरपालिका पुगेका कृष्ण बहाव भट्टराई, विकल रेग्मीलगायतका पत्रकारलाई मेयर चौधरीले दुव्र्यवहार गरेका थिए ।

पत्रकारमाथि मेयर द्वारिकलाल चौधरीले ८ गते बुधवार गरेको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समिति तथा सुनसरी शाखाले सो घटनामा मेयरले पत्रकारहरुलाई गरेको ब्यवहार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।

महासंघका सचिव रामप्रसाद दाहालले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, राज्यको जिम्मेवार निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारमाथि दुव्र्यवहार हुनु आर्फैमा निन्दनीय र गैरजिम्मेवार कार्य हो । यस्ता कार्यले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता तथा पत्रकारको अधिकार क्षेत्रमाथि हस्तक्षेप हुने महासंघको ठहर छ । महासंघ मेयर चौधरीबाट भएको गैरजिम्मेवार कार्यको कडा भत्र्सना गर्दछ ।

प्रेस स्वतन्त्रताको सम्मान गरी पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग समेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ