arrow

तारकेश्वरकी उपाध्यक्ष तारादेवीले गरिन प्रशासकिय अधिकृतमाथि हातपात

केन्द्रमा सरकार रहेको भन्दै दिइन धम्की

logo
शिव देबकोटा ।
प्रकाशित २०७६ जेठ ९ बिहिबार
tarakeshwor-nuwakot-kutpit.jpg

नुवाकोट। आफूले लगाएको तोक आदेशको कार्यान्वयन नगरेको भन्दै तात्कालिन एमालेबाट निर्वाचित नुवाकोटको तारकेश्वर गाउँपालिकाकी उपाध्यक्ष तारादेबी रिमालले प्रमुख प्रशासकीय अधिकृत अशोक दाहाललाई हातपात गरेकी छिन् ।

बिहिबार अपरान्ह ४ बजे आफ्नो कार्यकक्षमा रहेका प्रमुख प्रशासकीय अधिकृत दहाललाई उपाध्यक्ष रिमालले कठालो समातेर लगाएको लुगा समेत च्यातिदिएको प्रत्यक्षदर्शी कर्मचारीहरुले बताएका छन् ।

कर्मचारी स्रोतका अनुसार उपाध्यक्ष रिमालले पाँचलाख रुपैयाँ बराबरको खानेपानी पाईप खरिदका लागि तोक आदेश गरेकोमा खरीद ऐन अनुसार खरिद प्रकृया अपनाउनु पर्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत दाहालले कार्यान्वयनमा नलगेको झोकमा उपाध्यक्ष रिमाल कुटपिटमा उत्रिएको आरोप लागेको छ।

कुटपिट गर्ने क्रममा उनले सरकार आफूहरुको रहेको उल्लेद गर्दै स्थानिय तहमा सहयोग नगर्ने कर्मचारीलाई तह लगाएरै छाड्ने चेतावनी दिइन। 

गाउँपालिकामा अध्यक्ष बराबरको हैसियत माग्दै आएकी रिमालले प्रमुख  प्रशासकीय अधिकृत माथि हातपात गरेपछि कर्मचारीहरुले अव काम गर्ने वातावरण नभएको बताए ।

घटनाको बिषयमा बिहिबार राती स्वयं पुष्टि गर्दे प्रमुख प्रशासकीय अधिकृत दाहालले ऐन नियमको कार्यान्वयन गर्दै स्थानीय तहलाई पारदर्शी र आर्थिक अनुशासनमा राख्न खोज्दा आफूले अपमान सहन परको बताए । घटनाको समयमा गाउँपालिका अध्यक्ष रमेश बिष्ट भने कार्यालयमा नरहेको पनि दाहालले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ