arrow

पुनर्वासमा प्रहरीद्वारा वडाध्यक्ष कुटिए, विरोधमा स्थानीयद्वारा प्रदर्शन

logo
दिपेन्द्र बस्नेत,
प्रकाशित २०७६ जेठ १० शुक्रबार
birodh4.jpg

डोकेबजार । कञ्चनपुरको पुनर्वासमा नेपाली काँग्रेसबाट निर्वाचित  वडाध्यक्ष तुलसी अर्याल प्रहरीद्वारा कुटिएका छन् । घटनाको बिरोधमा स्थानीयले प्रहरी चौकीमा तोडफोड र टायर बालेर प्रदर्शन गरि रहेका छन् ।

 प्रहरी चौकी डोके बजारमा बिहीबार राति ११ बजे स्थानियको बिवाद सुल्झाउन पुगेका वडा अध्यक्ष अर्याललाई प्रहरीले कुटपिट गरेपछि रातिदेखि स्थानीयले बिरोध प्रदर्शन गरिरहेका छन् ।

बिरोधमा उत्रिएका स्थानियले धनगढी बेलौरी हुलाकीमार्गमा आवागमन ठप्प पारेका छन् । प्रहरी निरिक्षक कर्णबहादुर बमको आदेशमा आफूमाथि हातपात भएको वडाध्यक्ष तुलसी अर्यालले बताए । डोकेबजार प्रहरी चौकीमा आएको वादविवाद मिलाउन गएका अध्यक्ष प्रहरीबाट कुटिएका हुन् ।

आफ्नो जनप्रतिनिधि प्रहरीबाट कुटीएपछि आक्रोशित स्थानियले प्रहरी चौकी घेराउ गर्नुका साथै चौकी अगाडि टायर बालेर दोषीलाई कार्बाहीको माग गरेका छन् । विवाद उग्र हुने देखिएपछि नेपाल प्रहरी र शसस्त्र प्रहरी बाक्लो संख्यामा परिचालन गरिएको छ ।

 घटनाको ११ घन्टा बित्दा समेत विवाद समाधानका लागि प्रशासन तथा उच्च प्रहरी अधिकारी घटना स्थलमा पुगेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ