arrow

११ वर्षीया नाबालिकामाथि जबर्जस्ती करणी गर्ने १८ वर्षे तन्नेरी पक्राउ 

logo
प्रकाशित २०७६ जेठ १० शुक्रबार
Child-rape.jpg.jpeg

बाजुरा । जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय बाजुराले अमरबहादुर धामीलाई पक्राउ गरेको छ । प्रहरीले बाजुराको खप्तड छेडदह गाउँपालिका–४ गुदुखातीका १८ वर्षीय धामीलाई नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको बताइएको छ ।     
     
जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार जेठ ८ गते साँझ ५ बजेतिर आरोपी धनबहादुर धामीले ११ वर्षीय नाबालिकालाई घरमा कोही नभएको अवस्थामा गोठमा लगेर जबर्जस्ती करणी गरेर फरार भएको उनका बुबाले बतएका छन् ।     
     
 नाबालिकाका बुबाले उक्त घटनाबारे प्रहरीलाई जानकारी गराएपछि प्रहरीले आरोपी धामीको खोजी शुरु गरेको थियो । जबर्जस्ती करणी गरेर फरार धामीलाई खोजी गर्दा सोही वडाकै भगाड भन्ने ठाउँंमा लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताएको छ ।     
     
पक्राउ परेका धामीलाई जबर्जस्ती करणी मुद्दाअन्तर्गत कारवाही गरिने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन्  । अहिले पक्राउ परेका धामी जिल्ला प्रहरी कार्यालय बाजुराको नियन्त्रणमा छन् ।     
     
 गएको कात्तिकदेखि हालसम्म बाजुरामा सात जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन् । तीमध्ये कुनै पनि अपराधी फरार नभएको र सबै अपराधीलाई प्रक्राउ गरेर मुद्दा चलाइरहेको जिल्ला प्रहरी कार्यलय बाजुराले बताएको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ