arrow

वन अतिक्रमण गरि वनाइएका घर टहरा हटाइयो

logo
मणिप्रसाद गैह्रे,
प्रकाशित २०७६ जेठ १० शुक्रबार
tahara1.jpg

कपिलवस्तु । बुद्धभुमी नगरपालिका वडा नं २ गोरुसिङ्गें बजार क्षेत्रमा २० वर्ष देखी बसोवास गर्दै आएका र होटल संचालन गरेको १४ घर र १५ भन्दा वढि टहराहरुलाई हटाइएको छ । त्रिशत्ती सामुदायिक वन क्षेत्र भित्र रहेको अतिक्रमण गरि निर्माण गरिएका घर टहरालाई प्रहरी परिचालन गरि जिल्ला वन कार्यालयको समन्यवमा दोजर चलाएर नै पुर्ण रुपमा भत्काइएको छ ।

 घर टहरा हटाउन अवरोध सिर्जनाग र्ने २ जना स्थानीय महिलालाई प्रहरी नियन्त्रणमा लिइएको छ ।  वन सामुदायिकद्वारा पटक पटक जग्गा खाली गर्नको लागी सूचना टास गरेपनि स्थानीयले नमानेपछि वाध्य भएर भत्काउन परेको डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख इश्वरी प्रसाद पौडेलले बताए ।

अन्य क्षेत्रमा पनि क्रमैसंग कानुन अनुसार वन क्षेत्रमा अतिक्रमण गरि वनाइएका घरहरु हटाउदै जाने समेत पौडेलले बताए । सामुदायिक वन क्षेत्रमा अटेर गरी वनाएका घर हटाइ बन संरक्षणमा जोड दिइएको त्रिशत्ती सामुदायिक वन उपभोत्ता समुहका अध्यक्ष निल कुमार श्रेष्ठले बताए । करिव १ विघाहा क्षेत्रफलमा रहेका घर टहरा हटाउन सफल भएको उनले बताए ।

घर टहरा हटाएपछि वि. सं २०५३ सालदेखी सोही ठाउंमा व्यवसाय गरी बसेकी स्थानीय रिना वली  ले आफुहरु विस्तापित भएको बताइन । रोजगारको रुपमा होटल संचालन गर्दे आएकोमा वनले हटाएपछि आपुहरुको रोजीरोटी नै खोसीएको बताइन ।

 सरकारले समानताको आधारमा काम गरेमा जिल्लाका हजारै संख्यामा वन क्षेत्रमा रहेको घर हटाउनु पर्ने उनले बताइन । कपिलवस्तुका १ हजार वढि पक्की तथा कच्ची घर निर्माण  गरी लामो समय सम्म वन क्षेत्र ओगटेर बसेपनि राजनैतिक आरक्षणको आधारमा बसोवास गर्दे आएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ