- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कुनै समय सलमान खान कट्रिनाको प्रेममा थिए । यसैबीच उनीहरुको प्रेमको चर्चा पनि चुलिएको थियो । सलमान खानलाई ‘सर्टलेस एक्टर’ पनि भनिने गरिन्छ । उनले धेरैजसो फिल्ममा एउटा न एउटा सिन यस्तो हुन्छ जसमा उनले आफ्नो टि–सर्ट उतारेर आफ्नो कसिलो ज्यान देखाउने गर्छन् । तर, वास्तविक जीवनमा पनि उनी एक आफन्तको विवाहमा सर्ट नलगाई पुगेका छन् ।
सलमान खानकी परिवारिक मित्र बिना काकले समाजिक सञ्जालमा केही तस्वीर शेयर गरेकी छिन् । जसमा कट्रिना कैफसँग पुगेका सलमान खानले सर्ट लगाएका छैनन् ।
सलमान खान बिन्दास तरिकाले आफ्नो जीवन चलाउने अभिनेताको रुपमा गनिन्छन् । उनी यसअघि पनि एक आफन्तको विवाहमा बनियान लगाएर गएका थिए । अभिनेत्री बिनाले ‘मैंने प्यार क्यों किया’ फिल्ममा सलमान खानकी आमाको भूमिका निर्वाह गरेकी थिइन् । उनले सलमानसँग धेरै फिल्ममा काम गरिसकेकी छिन् ।
यसअघि आफन्तको विवाहमा जाँदा बुनियान लगाएर जाँदा उनको विषयमा ठूलो समाचार बनेको थियो । त्यतिबेला उनले जमिनमा सुतेर नवजोडीलाई मेहेन्दी लगाएका थिए ।