एजेन्सी। भारतको एक अदालतले विवाह गरेको पहिलो रात जीवनसाथीको इच्छा हुँदाहुँदै यौन सम्पर्क नराख्ने कामलाई क्रुरताको संज्ञा दिएको छ। विवाह गरेको पहिलो रात जीवनसाथीको इच्छा हुँदाहुँदै यौन सम्पर्क नराखिएमा त्यसलाई विवाह तोड्ने पर्याप्त कारण मान्न सकिने भारतको दिल्ली उच्च अदालतले आफ्नो एक फैसलामा भनेको छ।
न्यायाधिस कैलाश गंभीरले दिएको एक फैसलामा तल्लो अदालतको आदेश कायम राख्दै सम्वन्ध विच्छेदको एक मुद्धामा फैसला सुनाएका थिए। एक पत्नीले उनकी पतिलाई विवाहको पहिलो रातदेखि पाँच महिनासम्म शारिरीक सम्बन्ध राख्न नदिएको मुद्धामा फैसला सुनाउँदै न्यायाधिसले यस किसिमको सम्वन्ध फिक्का भएको बताएका छन् ।
माइत मात्र जाने पत्नीसँग पाच महिनामा वढीमा पन्ध्र पटक सम्वन्ध भएको पतिको भनाइ छ। पतिका अनुसार जुनवेला पनि शारीरिक सम्पर्क राख्न खोज्दा पत्नीले विल्कुल असहयोग गर्दै आएकी थिइन। भारतमा यस्ता धेरै मुद्धाको फैसलामा पर्याप्त कारण विना शारीरिक सम्बन्ध राख्न इन्कार गर्नु क्रूरताको श्रेणीमा पर्ने बताइएको छ। यद्यपी उच्च अदालतले शारीरिक सम्बन्धलाई मात्र कुनै पनि वैवाहिक जीवनको सफलता वा असफलताको आधार नभएको प्रष्ट पारेको छ।