arrow

स्वारेजको गोलले उरुग्वेको फराकिलो जित, कतारको साहसिक प्रदर्शन

logo
प्रकाशित २०७६ असार २ सोमबार
luis-suarez.jpg

काठमाडौं । कोपा अमेरिका फुटबलमा उरुग्वेले शानदार सुरुआत गरेको छ । उरुग्वेले सोमबार बिहान भएको खेलमा इक्वेडरलाई ४–० को फराकिलो गोल अन्तरले हराएको हो ।

 

उरुग्वेको जितमा लुईस स्वारेज, ईडिन्सन काभानी र निकोलस लोदेईरोले १–१ गोल गरे । अतुर्रो मिनाले आत्मघाती गोल गरे ।

लोदेईरोले खेलको छैटौं मिनेटमा उरुग्वेलाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा काभानीले गोल गर्दै अग्रतालाई दोब्बर पारे ।

Edinson Cavani made it 2-0 to pile misery on opponents Uruguay during the Group C clash

४४ औं मिनेटमा स्वारेजले उरुग्वेलाई ३–० को स्थितिमा पुर्याए । मिनाले ७८ औं मिनेटमा आत्मघाती गोल गरेपछि उरुग्वे ४–० विजयी बनेको थियो ।

खेलको २४ औं मिनेटमा जोसे किन्टोस रातो कार्ड खादै मैदान बाहिरिएपछि इक्वेडर १० खेलाडीमा सिमित भएको थियो ।

Jose Quinteros saw red during Ecuador's opening Group C match in Belo Horizonte, Brazil,

समूह सीमा रहेको उरुग्वेले जितपछि ३ अंक जोडेको छ ।

कतार पाराग्वे भिडन्त
कतार कोपा अमेरिकामा साहसिक खेल खेलेको छ । कतारले २–२ गोलको बराबरी खेलेको हो । समूह बी को सोमबार बिहान सम्पन्न खेलमा कतारका लागि अल्मोएज अली र बोउलेम खोइखीले १–१ गोल गरे । 

Qatar came from two goals down to earn a memorable draw in their first Copa Ameirca game

पाराग्वेका लागि अस्कर कार्डोजो र डेर्लिस गोन्जालेजले १–१ गोल गरेका थिए । 

Qatar came from two goals down to earn a memorable draw in their first Copa Ameirca game

समूहमा कोलम्बिया ३ अंकसहित शीर्ष स्थानमा छ भने अर्जेन्टिना पुछारमा छ । 



लोकप्रिय समाचार
नयाँ