- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारत र पाकिस्तान चिरप्रतिद्वन्द्वी मुलुक हो । यी दुई मुलुकबीच खेल हुँदा समर्थकको बीचमा आक्रमणसम्मको घटना हुने गरेको छ । तर, यो विश्वकपमा भने केही फरक देखिएको छ ।
विश्वकपमा दक्षिण अफ्रिकासँगको खेलमा भने भारतीय फ्यान पाकिस्तानको सपोर्ट गरेका थिए । बेलायतको लर्डस् मैदानमा भएको उक्त खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई हराएको थियो । भारतसँग हारेपछि पाकिस्तानी समर्थक रिसाएका थिए ।
दक्षिण अफ्रिकासँगको जितपछि भने केही प्रशंसकले पाकिस्तानी कप्तान सरफराजसँग फोटो पनि खिचाएका थिए । सरफराजले समर्थकहरुलाई अटोग्राफ पनि दिएका थिए ।
यो तस्वीर विश्वकप क्रिकेटको ट्वीटर ह्यान्डलमा पनि शेयर गरिएको छ । जसमा एक भारतीय प्रशंसकले ‘पडोसियो का सपर्ट, कम अन पाकिस्तान’ लेखेको पोस्टर समातेका थिए । यस्तोमा पाकिस्तानका समर्थक पनि देखिएका थिए ।
यो तस्वीरमा अन्य मानिसले खेल भावना देखाउने कुरा गरेका थिए । अन्य तस्वीरमा पनि पाकिस्तान पाकिस्तान र भारतको जर्सी लगाएका २ युवा पाकिस्तानको झण्डा लिएर स्टेडियममा पुगेको देखिएको थियो ।
सामाजिक सञ्जालमा पनि मानिसहरुले यसबारे आफ्नो विचार व्यक्त गरिरहेका छन् ।