- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलिउड अभिनेता आदित्य पंचोलीमाथि दुष्कर्मको मुद्दा लागेको छ । भारतको व्यापारिक नगरी मुम्बई पुलिसले पंचोलीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
बलिउडकै एक अभिनेत्रीको बयानको आधारमा मुद्दा दर्ता गरेको जनाएको छ । वर्सोवा पुलिसले यो मामला १० वर्ष पुरानो भएकाले प्रमाण जुटाउन र जाँच गर्न कठिनाइ हुने बताएको छ ।
पंचोली पटक पटक दुस्कर्मको आरोप लाग्दै आएको छ । अभिनेत्रीको नाम गोप्य राखिएको छ । उनले आफू धेरै पटक पंचोलीको दुस्कर्ममा फसेको बताएकी छिन् ।
आदित्य पंचोलीले ती अभिनेत्रीलाई १७ वर्षको उमेरमै करणी गरेको पनि उनले बताएकी छिन् ।
पीडित अभिनेत्रीले यसअघि पनि गुनासो दर्ता गराएकी थिइन् । पंचोलीे पछिल्लो समय सन् २०१५ मा आएको हिट फिल्म बाजीराव मस्तानीमा देखिएका थिए ।