arrow

महातपस्वी असिता भर्खरै जन्मिएको सिदार्थको दर्शन गर्न किन गए दरवार ?

बालक सिद्धार्थको पाइताला शिरमा लगाएर कहिले रुने र कहिले हास्न थाले असिता

logo
बुद्ध
प्रकाशित २०७६ असार २२ आइतबार
buddhas1.jpg

काठमाडौं ।  आज भन्दा २५ सय बर्ष भन्दा पनि पहिले सिद्धार्थ गौतमको जन्मेको खुसियालीमा दरवारमा उत्सव मानाइएको थियो । सम्राटको घरमा छोरा जन्मिएको खुसियालीमा राजधानी सजिएको थियो । रातभर मानिसहरुले दियो जलाए, नाचे। उत्सवको क्षण थियो त्यो । बुढो सम्राटको घरमा छोरा जन्मिएको थियो । लामो प्रतिक्षा पुरा भएको थियो । धेरै पुरानो अभिलाषा थियो पुरै राज्यको । राजा बुढा हुदै गएका थिए र  नयाँ राजाको कुनै संकेत थिएन ।

यसैले नयाँ बालकलाई सिद्धार्थ नाम दिइयो । सिद्धार्थको अर्थ हो अभिलाषा पुरा हुनु। बुद्ध जन्मेको पहिलो दिनदेखिनै दरबारको द्वारमा ब्यान्ड बाजा बजाइन्थ्यो,  सनाइ बजाइन्थ्यो । फुलको बर्षा गरिन्थ्यो, महलका चारैतर्फ प्रसाद बाडिन्थ्यो ।

सो समय हिमालयबाट कुददै एक बृद्ध तपस्वी द्वारमा आएर खडा भए । उनको नाम थियो असिता । सम्राट पनि उनलाई सम्मान गर्थे । सो भन्दा पहिले असिता कहिले पनि राजधानी आएका थिएनन्। कहिले काहि भेट्नु परेमा राजा शुद्धोधन आफै दर्शन गर्न हिमालय जान्थे । यी दुई केटाकेटी देखिका साथी थिए। पछि शुद्धोधन राजा भए। बजार, माया-मोहको संसारमा उल्झिए । असिता महा तपस्वी भए । उनको ख्याति टाढा टाढासम्म फैलियो ।

असितालाई द्वारमा देखेर शुद्धोधनले भने, 'तपाई यहाँ ? के भयो कसरी आउनुभयो? केही समस्या छ, कुनै अडचन छ ?

असिताले भने, 'अहँ कुनै समस्या अडचन छैन । तिम्रो घरमा छोरा जन्मिएको छ । उनको दर्शन गर्न आएको हुँ ।'

शुद्धोधनले कुरो बुझेनन् । सौभाग्यको घडि थियो यो । असिता जस्तो तपस्वी छोराको दर्शन गर्न आए । शुद्धोधनले छोरा सिद्धार्थलाई काखमा च्यापेर असिता भएको ठाँउमा ल्याए । असिता झुके र शिशुको चरणमा शिर राखे । भनिन्छ शिशुले उनको खुट्टा असिताको जटामा अल्झाए र त्यहाँदेखि मानिसको जटामा बुद्धको खुट्टा रह्यो ।

अचानक असिता हास्न थाले र रुन पनि। त्यो देखेर शुद्धोधनले सोधे, 'शुभ घडिमा तपाई किन रुनुहुन्छ ?'

असिताले भने, 'यो तिम्रो दरबारमा जुन छोरा जन्मिएको छ । यो कुनै साधरण आत्मा होइन । असाधरण हो । कयौ सताब्दी बित्छ यस्ता असाधरण व्यक्तिको जन्म हुन। यो तिम्रोलागि मात्र सिद्धार्थ होइन, अनेकौं मानिसहरुका लागि सिद्धार्थ हो । अनेकौ मानिसहरुको अभिलाषा यसबाट पुरा हुनेछ । हास्छु की यसको दर्शन मिल्यो। हास्छु, प्रशन्न छु कि यसले मजस्तो बुढोको जटामा आफ्नो खुट्टा अल्झायो । यो सौभाग्यको क्षण हो । यसकारण रुन्छु कि  जब यो खिल्नेछ, फुल बन्नेछ, जब यसको शुभाष उठ्नेछ र यसको शुभाषको करोडौ मानिसहरुले छाया लिनेछन् तब म रहनेछैन। यो मेरो शरिर छोड्ने समय नजिक आइसक्यो ।'  

साथै असिताले एक अनौठो कुरा सुनाए,' अहिलेसम्म आवगमन (जन्म र मृत्यु) देखि छुट्ने जुन अभिलाषा थियो त्यो पुरा भयो। आज पछुतो पनि हुदैछ। एक जन्म अरु मिले यस बुद्ध पुरुषको चरणमा बस्न, यसको बाणी सुन्न, यसको सुगन्धलाई पिउन, यसको नशामा डुब्न पाउँथे। आज म पुछुताउदै छु तर म मुक्त भैसकेको छु । यो मेरो अन्तिम अवतरण हो । यसपछि देह बन्न सक्ने छैन । अहिलेसम्म शरिरबाट कहिले छुटकारा होस यहि चेस्टा गरेको थिए । आज पछुतो लागेको छ कि केहि समय अझै रहेको भए हुने थियो ।'

असिता चाहन्छन् मोक्षपनि दाउमा लागे कुनै फरक पर्ने छैन । तबदेखि २५ सय बर्ष भन्दा अझ धेरै बर्ष वित्यो । धेरै प्रज्ञा पुरुष भए । तर बुद्ध अतुलनिय छन्।अतुलनियता यसमा छ कि उनले यस सदिको लागि धर्म दिए र आउने भविष्यको लाग पनि धर्म दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ