arrow

कलंकीमा मालपोत तिर्नेहरुको जग्गाको भाउ बढ्यो, कहाँ कति पुग्यो (सूचीसहित)

logo
प्रकाशित २०७६ साउन १ बुधबार
kalanki-malpot.JPG

काठमाडौं । कलंकी मालपोत कार्यालयमा तिरो बुझाउनेहरुको जग्गाको मूल्यांकन बढेको छ । सो मालपोतमा तिरो तिर्नेहरु, चन्द्रागिरि नगरपालिकाका सबै वडाहरु, काठमाडौ महानगरपालिका वडा नं. १३, १४, १५ अन्तर्गतका केही सडकको दायाँ बायाँ, कीर्तिपुर नगरपालिकाको ३, ४,५,६,७, ८ र ९ वडा र कीर्तिपुर चक्रपथ तथा त्यसभित्रको क्षेत्र लगायतका क्षेत्रका जग्गाको तिरो कलंकी मालपोतमा तिर्ने गरिन्छ । 

यसरी कलंकी मालपोत अन्तर्गत् नागार्जुन न पा वडा नं वडा नं. ९ र १० (साविकको स्युचाटार गा.वि.स.),  नागार्जुन न पा वडा नं  ४, ५ साविक सितापाइला गाविस, नागार्जुन नपा वडा नं  ४, ५ साविक डाडापौवारामकोट गाविसको जग्गाको न्यूनतम मूल्याङ्कन बढेको हो । 

यस बाहेक निम्नस्थानको जग्गाको मूल्यांकन बृद्धि भएको छ। 

-नागार्जुन न पा वडा नं  ८ साविक भीमढुंगा गाविस
- नागार्जुन न.पा.वडा नं. १, २ र ३ (साविक इचंगुनारायण गा.वि.स.÷साविक वालाजु  वडा नं.७, ८ र ९) 
- चन्द्रागिरि न.पा. १५ (साविक तीनथाना गा.वि.स.) 
- चन्द्रागिरि न.पा. १४ (साविक नयाँ नैकाप गा.वि.स.) 
- चन्द्रागिरि न.पा. १० ११ (साविक सतुंगल गा.वि.स.) 
- चन्द्रागिरि न.पा. १२ (साविक बलम्बू गा.वि.स.) 
- चन्द्रागिरि न.पा. ३ र ४ (साविक थानकोट गा.वि.स.) 
- चन्द्रागिरि न.पा. ५, ६ र ७ (साविक थानकोट महादेवस्थान गा.वि.स.) 
- चन्द्रागिरि न.पा. २ (साविक वाडभन्ज्याङ गा.वि.स.) 
- चन्द्रागिरि न.पा. १३ (साविक नैकाप पुरानो भन्ज्याङ गा.वि.स.) 
- चन्द्रागिरि न.पा. ८ (साविक मातातीर्थ गा.वि.स.) 


 



लोकप्रिय समाचार
नयाँ