- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सिंगापुरमा जारी आइसीसी टी–२० विश्वकप छनोट क्रिकेट अन्तर्गत एसिया फाईनलको अन्तिम खेलमा अहिले नेपालले सिंगापुरसंग प्रतिस्पर्धा गरिरहेको छ ।
यो खेलको विजेता टिम विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । इन्डियन एसोसियसन मैदानमा सिंगापुरले पहिले टस जितेर ब्याटिङ रोजेको छ । नेपालको बलिङ त राम्रो छ नै ब्याटिङ पनि सशक्त छ ।
नेपालले दुई खेल जित्दा ओपनरहरु ज्ञानेन्द्र मल्ल र पारस खड्काले कीर्तिमानी अर्धसतक बनाएका थिए । यो खेलमा पनि त्यही अपेक्षा गरिएको छ ।
यो खेल जित्दा नेपालले अर्को चरणमा स्थान बनाउने छ भने यदि खेल बराबरी भयो भने सिंगापुरले अवसर पाउने छ ।
अंक तालिकामा शीर्ष स्थानको सिंगापुरको ३ खेलबाट ५ अंक छ भने नेपालको ३ खेलबाट ४ अंक छ ।
हेड टु हेड
यसअघि नेपाल र सिङ्गापुर ९ पटक आमने सामने भएका छन् । जसमा ३ खेल तीन दिवसीय, २ टी–२० र ४ एक दिवसीय खेल रहेका छन् ।
नेपालमाथि सिंगापुरले कुनै पनि खेलमा पनि जित निकाल्न सकेको छैन ।