- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सिंगापुरमा जारी आइसीसी टी–२० विश्वकप छनोट क्रिकेट अन्तर्गत एसिया फाइनलको अन्तिम खेल जितका लागि सिंगापुरले नेपाललाई १९२ रनको चुनौती दिएको छ ।
यो खेलको विजेता टिम विश्वकपको ग्लोबल छनोटमा पुग्ने भएकाले निकै महत्वपूर्ण रहेको छ । इन्डियन एसोसियसन मैदानमा सिंगापुरले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १९१ रन बनायो ।
टिम डेभिडले सर्वाधिक ७७ रन बनाए । त्यसैगरी ओपनर रोहन रंगराजनले ४९ रन बनाए ।
विकेटकिपर ब्याट्सम्यान मनप्रित सिंहले ४२ रन बनाए । नेपालका अविनाश बोहराले ३५ रन खर्चिएर ४ विकेट लिए ।
त्यसैगरी करण केसीले २ विकेट लिए । सन्दीप लामिछाने, सोमपाल कामी र बसन्त रेग्मी र शरद भेषवाकर विकेट विहीन बने ।
आशा नेपाली ब्याटिङको
यसपटक नेपाली ब्याटिङ खुलेको छ ।
नेपालले दुई खेल जित्दा ओपनरहरु ज्ञानेन्द्र मल्ल र पारस खड्काले कीर्तिमानी अर्धसतक बनाएका थिए । यो खेलमा पनि त्यही अपेक्षा गरिएको छ ।
यो खेल जित्दा नेपालले अर्को चरणमा स्थान बनाउने छ भने यदि खेल बराबरी भयो भने सिंगापुरले अवसर पाउने छ ।
अंक तालिकामा शीर्ष स्थानको सिंगापुरको ३ खेलबाट ५ अंक छ भने नेपालको ३ खेलबाट ४ अंक छ ।
हेड टु हेड
यसअघि नेपाल र सिङ्गापुर ९ पटक आमने सामने भएका छन् । जसमा ३ खेल तीन दिवसीय, २ टी–२० र ४ एक दिवसीय खेल रहेका छन् ।
नेपालमाथि सिंगापुरले कुनै पनि खेलमा पनि जित निकाल्न सकेको छैन ।