- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आइसीसीको पहिलो टेष्ट च्याम्पियनसिप क्रिकेट प्रतियोगिता अन्तर्गतको पहिलो खेल इंगल्याण्ड र अष्ट्रेलियाबीच सुरु भएको छ ।
एसेज सिरिज अन्तर्गतको पहिलो खेल इंगल्याण्डको बर्मिंघममा भइरहेको हो । बल टेम्परिङको कालो दाग लागेपछि निलम्बनमा परेर फुकुवा भएपछिको पहिलो खेलमा अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथले स्मरणीय खेल पस्केका छन् ।
खेलमा स्मिथले १४४ रनको योगदान दिएका छन् । विश्व टेष्ट च्याम्पियनसिपमा पहिलो शतक बनाउने पहिलो ब्याट्सम्यान बनेका स्मिथले २१९ बल खेल्दै यो कीर्तिमान बनाएका हुन् ।
उनले अष्ट्रेलियाको इनिङमा अरु कसैले जोड्न नसकेको २ छक्का पनि हाने ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ८०.४ ओभरमा अलआउट हुँदै २८४ रन बनायो । निकै खराव सुरुआत गरेको अष्ट्रेलियाले कुनै समय १२२ रन जोड्दा ८ विकेट गुमाएको थियो ।
तर दक्षिण अफ्रीका विरुद्धको खेलमा बेल टेम्परिङको आरोपमा एक बर्षे प्रतिबन्धपछि पहिलो टेष्ट खेलेका स्मिथले पहिलो खेलमै शतक बनाएका हुन् ।
अष्ट्रेलियाको इनिङमा बलर पिटर सिडलले ४४ तथा टिम हेडले ३५ रन बनाए ।
स्टुवार्ड बोर्डले ५ विकेट लिए तथा क्रिस वोक्सको नाममा ३ विकेट रह्यो ।
इंगल्याण्डले बिहीबार पहिलो दिनको समाप्तिसम्म आफ्नो इनिङ खेल्दै बिना कुनै विकेटको नोक्सानीमा १० रन जोडेको छ ।
टेष्ट च्याम्पियनसिप क्रिकेट प्रतियोगितालाई टेष्ट क्रिकेटको विश्वकप मानिन्छ । यो प्रतियोगितामा ९ टिम छन् । दुई वर्षमा यो प्रतियोगिता पूरा हुनेछ ।
त्यसअन्तर्गत एसेज सिरिज भइरहेको हो । जहाँ ५ टेष्ट खेल खेलिने छ । नियमानुसार कम्तीमा २ र बढीमा ५ टेष्ट खेल्नुपर्नेछ ।