arrow

पाकिस्तानी स्वीकृतिपछि कुलभूषणलाई भेट्दै भारतीय न्यायीक सल्लाहकार

logo
प्रकाशित २०७६ साउन १७ शुक्रबार
Kulbhusan-jadab.jpeg

काठमाडौं । पाकिस्तान सरकारले भारतका पूर्व नेवी कमान्डर कुलभूषण जाधवलाई भेट्न भारतीय न्यायीक सल्लाहकारलाई शुक्रबार दिने भएको छ ।

पाकिस्तानले अन्तर्राष्ट्रिय अदालत आइसीजेको फैसला आएको १२ दिनपछि मात्र भारतीय न्यायीक सल्लाहकारलाई भेट्ने समय दिएको हो । 

शुक्रबार कुलभूषणसंग उनको भेट हुनेछ । आइसीजेले गत २१ जुलाईमा भारतको पक्षमा फैसला सुनाएको थियो । 

आइसीजेले कूलभुषणलाई फाँसी हुनबाट रोकेको थियो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले अब पाकिस्तानसंग कुटनीतिक तरिकाले जबाफ दिने बताएका छन् । 

आइसीजेको फैसलामा पाकिस्तानले भियना सन्धिको उल्लंघन गरेको उल्लेख छ। अदालतका अध्यक्ष सोमालियाका न्यायाधीश अब्दलकावी अहमद युसुफले ४२ पृष्ठ लामो फैसला पढ्दै पाकिस्तानलाई आफ्नो फैसलामा पुनर्विचार गर्न र समीक्षा गर्न भनेका थिए । 

तबसम्म कुलभूषणको फाँसी रोक्न निर्देशन दिइएको थियो। यसका लागि कुलभूषणसंग छलफल गर्नका लागि भारतलाई ‘कन्सुलर एक्सेस’ गराउन पनि पाकिस्तानलाई भनेको थियो । 

जाधवलाई इरानबाट अपहरण गरेर पाकिस्तानले लगेको भारतको दावी छ भने पाकिस्तानले सन् २०१६ को मार्चमा बलुचिस्तानबाट जाधवलाई गिरफ्तार गरेको दावी गरेको छ।

उनलाई जासुसी गरेको आरोपमा पाकिस्तानले गिरफ्तार गरेको बताउँदै आएको छ । उनलाई पाकिस्तानी अदालतले फाँसी सुनाइसकेको छ । 

तर भियना सन्धिको उल्लंघन गर्दै कुलभूषणलाई पाकिस्तानले बन्दी बनाएर राखेको भन्दै भारतले आइसीजेमा अपील गरेको थियो । कुलभूषणको विषयलाई लिएर अन्तर्राष्ट्रिय मानवअधिकारवादी समूहहरु पनि जुटेका छन् । 

भारतले अभिनन्दनलाई जस्तै कुलभूषणलाई पनि भारत फिर्ता ल्याउने दावी गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ